जिरी नगरपालिका वडा नं. ७ मा सिलाई कटाई तालिम सुरु

दीक्षण समाचार
चरिकोट, माघ २५
जिरी नगरपालिका वडा नं. ७ को वडा कार्यालय परिसरमा सिलाई कटाई तालिम सुरु भएको छ । दलित समुदायलाई सिलाइकटाई सम्बन्धि ज्ञानसीप दिई आर्थिक सशक्तिकरणमा सहयोग गर्ने उद्धेश्यका साथ सुरु भएको तालिमको मंगलबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । ६ हप्तासम्म चल्ने तालिममा दलित समुदायका १० जनाको सहभागिता रहेको छ । सहभागीहरुलाई देवीराम दर्जीले प्रशिक्षण दिइरहनुभएको छ । तालिम उद्घाटन समारोहमा जिरी नगरपालिकाका प्रमुख टंक जिरेल, उपप्रमुख कृष्णमाया बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य लगायतले मन्तव्य व्यक्त गर्नुभयो ।

Shares

Be the first to comment on "जिरी नगरपालिका वडा नं. ७ मा सिलाई कटाई तालिम सुरु"

Leave a comment

Your email address will not be published.


*