जिरी नगरपालिकाले बैदेशिक रोजगारीबाट फर्केकाको पीसिआर टेष्टको खर्च बेहोर्ने

चरिकोट (दीस) –जिरी नगरपालिकाले बैदेशिक रोजगारीबाट फर्केका नगर भित्रका नागरिकले निजी अस्पतालमा पीसिआर टेष्ट गरेमा लाग्ने खर्च बेहोर्ने भएको छ । काठमाडौमा  नागरिकले बैदेशिक रोजगारीबाट फर्केका  तथा अन्य प्रयोजनको निम्ती आफ्नो पीसीआर टेष्ट गर्न चाहेमा पाँच हजार पाँच सयमा गर्न ब्यवस्था मिलाएको छ । सोही अनुरुप बैदेशिक रोजगारीबाट फर्केका नगरबासीले  पीसीआर टेष्ट  गरेर आएमा  उक्त खर्च नगरपालिकाले बेर्होने नगर प्रमुख टंक जिरेलले बताए ।बैदेशिक रोजगारीबाट फर्केकाले सरकारले तोकेको अस्पतालबाट पीसीआर टेष्ट गरि आउनेलाइ  उक्त शुल्क बापत पाँच हजार पाँच सय रुपँैया जिरी नगरपालिकाले भुक्तानी दिने ब्यबस्था मिलाएको पनि प्रमुख जिरेलले बताए ।

Shares

Be the first to comment on "जिरी नगरपालिकाले बैदेशिक रोजगारीबाट फर्केकाको पीसिआर टेष्टको खर्च बेहोर्ने"

Leave a comment

Your email address will not be published.


*