जिरी नगरपालिकाले नगर गान बनाउने

चरिकोट(दीस)ः जिरी नगरपालिकाले आफ्नो नगरगान बनाउने भएको छ । नगरले आफ्नो पहिचान झल्काउने गरी नगरगान बनाउने भएको हो ।
जिरी नगर कार्यपालिकाको ९८ औं बैठकबाट जिरी नगरको गान बनाउने निर्णय भएकोले नगरगान लेखनका लागि आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत पुरुस्वत्तम सापकोटाले जानकारी दिनुभयो । नगरगानका शब्द जिरी नगरपालिकाको आर्थिक,सामाजिक,सांस्कृतिक, भौगोकि विशिष्टता र गौरव झल्कने खालको हुनु पर्ने उहाँको भनाई रहेको छ । छनोट भएको उत्कृष्ट रचनालाई पच्चिस हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जिरी नगरपालिकाले जनाएको छ ।

Shares

Be the first to comment on "जिरी नगरपालिकाले नगर गान बनाउने"

Leave a comment

Your email address will not be published.


*