जिरी नगरपालिकाले घुम्ति शिविर सञ्चालन गर्ने

चरिकोट(दीस)ः जिरी नगरपालिकाले स्थानीयको सुविधाकालागि एकिकृत घुम्ती सेवा शिविर सञ्चालन गर्ने भएको छ । नगरपालिकाले भाद्र २५ देखि असोज दुई गते सम्म नौ वटै वडाहरुमा घुम्ती शिविर सञ्चालन गरिने भएको हो ।
स्थानीयहरुलाई योजना सम्झौता लगायतका कामहरु सहज रुपमा सम्पन्न गर्न सजिलो होस भनी घुम्ती शिविर राखिएको जिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुस्वत्तम पौडेलले जानकारी दिनुभयो । शिविरमा योजना सम्झौता, अपाङ्ग परिचय पत्र नवीकरण, जेष्ठ नागरिक परिचयपत्र वितरण, स्वास्थ्य विमा सम्बन्धी सेवा, पशुस्वास्थ्य सेवा तथा सामान्य स्वास्थ्य सेवा परीक्षण सेवा उपलब्ध गराइने उहाँको भनाई रहेको छ ।

Shares

Be the first to comment on "जिरी नगरपालिकाले घुम्ति शिविर सञ्चालन गर्ने"

Leave a comment

Your email address will not be published.


*