जिरी नगरपालिकामा पोखरीमा डुबेर बालिकाको मृत्यु

चरिकोट,  –दोलखाको जिरी नगरपालिका स्थित पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । सोमबार जिरी खोलाको झोलुङ्गे पुल नजिकै पोखरीमा पौडी खेल्दा अनिल जिरेलकी नौ वर्षीया छोरी अंशु जिरेल डुबेर बेपत्ता भएकी थिइन् । उनको खोजी गर्दा मंगलबार बिहान मृत्त अवस्थामा फेला परेकी हुन् । सोमबार दिउँसो साथीसंगै पौडी खेल्न गएकी अंशु बेलुकी सम्म घर नफर्किएपछि खोजी गर्दा मंगलबार करिब ११ बजे उनको मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय जिरीका प्रमुख प्रहरी निरिक्षक विष्णु खड्काले बताउनु भयो ।

Shares

Be the first to comment on "जिरी नगरपालिकामा पोखरीमा डुबेर बालिकाको मृत्यु"

Leave a comment

Your email address will not be published.


*