जिरी नगरपालिकाद्धारा सुत्केरी हुने आमालाई २ हजार ५ सय दिने

ईश्वर दाहाल
जिरी, असार २२

जिरी नगरपालिकाले नगरभित्र सुत्केरी हुने आमालाई २ हजार ५ सय दिने नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

नगरले आमा र नवजात शिशुको पोषण भत्ता अभिवृद्धि गराउने उद्देश्यले सुत्केरी आमालाई सो रकम उपलब्ध गराउने नगरले नीति तथा कार्यक्रममा बताएको छ ।
नगरले निर्धारण गरेको आवश्यक मापदण्ड पुरा गरेका आमाले सुत्केरी भएमा सो रकम पाउने जिरी नगरपालिकाको कार्यालयले जनाएको छ । गर्भवती महिलाले ४ पटकसम्म गर्भपरिक्षण गरेको खण्डमा, ३५ दिन भित्र नवजातशिशुको जन्मदर्ता गरेमा नगरले सुत्केरी आमालाई सो सुबिधा उपलब्ध गराउने जिरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवप्रसाद रिजालले बताए ।
“सुत्केरीआमा र बच्चाको स्वास्थ्यमा खराबी नआओस् र बच्चाको शारिरीक, मानसिक, बौद्धिक बिकासका निम्ती पोषण आवश्यक हुने भएकाले त्यसको कमी हुन नदिन नगरले सो नीतिसहित बजेट विनियोजन गरको छ” रिजालले भने। “नगरले ूएक वडा एक स्वास्थ्य संस्था” भन्ने संघिय नीतिलाई अवलम्बन गरेको छ । जिरी अस्पताललाई गुणस्तर बृद्धि गर्ने पनि रिजालले जानकारी दिए ।
नगरले जिरीवासीको स्वास्थ्यलाई प्रवद्र्धन गर्न खोप कार्यक्रम, कुष्ठ रोग कार्यक्रम, परिवार नियोजन कार्यक्रम गर्ने नगरको नीति रहेको उनले बताए । किशोरकिशोरी तथा अन्य सचेतनामुलक कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्चालन गर्न र गर्भवती तथा सुत्केरीसँग उपमेयर कार्यक्रमलाई अघि बढाउने नीति तथा कार्यक्रम ल्याएको रिजालले बताए ।
स्वास्थ्य सेवा प्रभावकारी बनाउन स्वास्थ्य कार्यकर्तालाई क्षमता विकास गर्ने, औषधी तथा स्वास्थ्य सामाग्री ढुवानीको उचित प्रबन्ध गर्ने नगरपालिकाले जनाएको छ ।
आगामी आर्थिक वर्षमा नगवासीको स्वास्थ्य सेवासुविधालाई सर्वसुलभ गर्न तेङ्मिा डाडोमा लामा स्मृति प्रतिष्ठानबाट नगरपालिकामा प्राप्त भएका २ थान एम्बुलेन्स, १ थान शवबाहन मध्ये जिरी अस्पतालबाट सञ्चालन र व्यवस्थापन हुने गरि एक एम्बुलेन्स संन्चालन गर्ने नितिमा उल्लेख गरिएको छ ।
त्यसैगरी शवबाहन श्यामा स्वास्थ्य चौकी जिरी नगरपालिका वडा न १ बाट सञ्चालन व्यवस्थापन हुने गरि एउटा एम्बुलेन्स सेवा सुचारु गरिने नितिमा उल्लेख गरिएको छ । त्यसैगरि स्वास्थ्यमा सम्पुर्ण नगरवासीको पहुँच पु¥याउने प्रमुख उद्देश्य राखिएको यस आर्थिक वर्षमा उल्लेख्य रुपमा संस्थागत प्रसुतिमा वृद्धि भएको जिरी नगरपालिकाले जनाएको छ ।
महिला स्वास्थ्य स्वंसेविकाको मनोवल उच्च बनाउनका लगि सञ्चार खर्च रु २ लाख ५५ हजार वितरण गरिएको छ । गाँउघर तथा खोप क्लिनिकलाई क्रमश व्यवस्थित गर्नको लागि यस वर्ष वडा न ७ सिक्रीमा ६ लाख बराबरको खोपकेन्द्र स्थापना गरिएको छ ।
नेपाल सरकारको पुर्ण खोपयुक्त नगरपालिका बनाउन उद्देश्यलाई नगरका अधिकांश बालबालिकाको खोजी गरि सवैखाले खोपको दायरामा ल्याउन नगरपालिका सफल भएको नगरपालिकाले जनाएको छ । जेष्ठ नागरिक, अपांग तथा असहाय व्यत्तिका लागि निशुल्क स्वास्थ्य सेवाको व्यवस्थाका साथै एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउने नगरको नीति रहेको रिजालले जानकारी दिए । आर्थिक वर्ष जिरी नगरपालिकालाई संघिय सरकारबाट प्राप्त अनुदान स्वास्थ्य तर्फ ३ करोड ४४ लाख ५३ हजार विनियोजन गरेको छ ।

Shares

Be the first to comment on "जिरी नगरपालिकाद्धारा सुत्केरी हुने आमालाई २ हजार ५ सय दिने"

Leave a comment

Your email address will not be published.


*