जिरी नगरपालिकाद्धारा माछा पालन प्रबद्र्धन

दीक्षण समाचार /चरिकोट, – दोलखाको जिरी नगरपालिकाले माछा पालन कार्यक्रम सञ्चालन गर्ने भएको छ । पशु सेवा शाखा अन्तर्गत चालु आवको कार्यक्रम अनुसार स्थानीय जातको माछा पालन प्रोत्साहनका लागि माछा पालन साझेदारी कार्यक्रम गर्न लागेको हो । नगरपालिका पशु चिकित्सक ( अधिकृत स्तर आठौँ तह) पदमबहादुर जिरेलका अनुसार कार्यक्रममा छनौट भएका इच्छुक दुई जनालाई पालिकाले माछा पालन गर्न ५० प्रतिशत अनुदान दिने छ । ट्राउट बाहेक कार्प तथा अन्य उपयुक्त जातको स्वजातिय बहुजातीय माछा पालन गर्नका लागि अनुदान दिइने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ”ट्राउट माछा पाल्न धेरै लगानी आवश्यक पर्छ । त्यसैले त्यसको विकल्पमा स्थानीय जात र अन्य उपयुक्त जातको माछा पाल्न दुई जनालाई छनौट गरिन्छ ।“ गत वर्ष पनि यस्तै प्रकृतिको कार्यक्रम सञ्चालन भएकोमा दुई जना किसानलाई छनौट गरी अनुदान उपलब्ध गराइएको थियो । उहाँहरुले माछा पालन गरिरहनुभएको छ । यो वर्ष पनि माछा पालन कार्यक्रम सञ्चालन गर्न लागिएको हो । माछा पालन कार्यक्रममा सहभागी भई सोही अनुरुपको व्यवासाय स्थापना गर्न इच्छुक ब्यक्ति तथा फर्महरुले नगरपालिकाको पशु सेवा शाखामा निवेदन दिन सकिने पशु चिकित्सक जिरेलले बताउनुभयो । निवेदन दिइने समय सीमित रहेको र निर्धारित सीमित अवधिमा प्राप्त निवेदनमध्येबाट कार्यालयको निर्णय अनुसार दुई व्यक्ति तथा फर्मलाई छनौट गरिने उहाँले जानकारी दिनुभयो । माछा पालन कार्यक्रमको लागि प्रति पोखरी १ लाख २५ हजार बजेट रहेकोले ५०% ब्यक्ति, फर्म, संस्थाहरुबाट गरी २ लाख ५० हजारको कार्ययोजना हुनुपर्ने, माछा पालनको लागि पोखरीको क्षेत्रफल २०० व. मी. भन्दा कम हुन नहुने र गहिराई २ मिटर देखि २ दशमलब ५ मिटर सम्म हुनु पर्ने, भरपर्दो राम्रो पानीको स्रोत हुनुपर्ने र कम्तिमा पाँच वर्ष सम्म ब्यवसाय सञ्चलान गर्नु पर्ने र नाम छनौट भएपछि १५ दिन भित्र सम्झौता तपसिलको कार्य सुरु गर्ने सर्तहरु रहेका छन् ।

Shares

Be the first to comment on "जिरी नगरपालिकाद्धारा माछा पालन प्रबद्र्धन"

Leave a comment

Your email address will not be published.


*