जिरी नगरपालिकाको नीति, कार्यक्रम र बजेट सार्वजनिक


ईश्वर बिश्वकर्मा
चरिकोट, असार १०
दोलखाको पर्यटकीय जिरी नगरपालिकाले आगामी आर्थिक वर्षको लागि नीति, कार्यक्रमसँगै बजेट सार्वजनिक गरको छ । पर्यटन विकासले  जिरीको समृद्धिको उद्देश्य पूरा हुने परिकल्पना सहित दशौँ नगर अधिवेशनमा आ.व.२०७९÷०८० को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरिएको हो । पर्यटन, शिक्षा, स्वास्थ्य,  पूर्वाधार लगायतका क्षेत्रलाई प्राथमिकता साथ ५६ करोड ६९ लाख ७८ हजार बजेट सार्वजनिक गरिएको छ । जसअनुसार चालु तर्फ ३५ करोड ५६ लाख र पुँजीगत तर्फ २१ करोड १३ लाख ७८ हजार बजेट विनियोजन छ ।  पालिकाका उपप्रमुख कृष्णमाया बुढाथोकीद्वारा प्रस्तुत कार्यक्रम तथा बजेटमा नगरवासीको योजनालाई भरपुर समावेश गरिएको बताइएको छ । उहाँले विगतका वर्षमा पुरा नभएका योजनालाई पूर्णता दिने र नयाँ योजनालाई समेत कार्यान्वयन गरी जनतालाई विकासको अनुभूति दिलाउने बताउनुभयो ।  

Shares

Be the first to comment on "जिरी नगरपालिकाको नीति, कार्यक्रम र बजेट सार्वजनिक"

Leave a comment

Your email address will not be published.


*