जिरी नगरपालिकाको उर्लेनीमा प्रहरी चौकी स्थापना

दीक्षण समाचार चरिकोट,  –दोलखा जिरी नगरपालिका–९ ठूलोपातल उर्लेनीमा अस्थाई प्रहरी चौकी स्थापना भएको छ । शान्ति, सुरक्षा कायम राख्न उर्लेनीमा स्थापित अस्थाई प्रहरी चौकीको उद्घाटन गत अघिल्लो साता गरिएको हो । चौकी स्थापना हुँदा त्यस क्षेत्रका बासिन्दाले सुरक्षित महसुस गर्नुका साथै खुशी भएका छन् । अपराधिक घटना हुन नदिन तथा सोको न्यूनिकरणको लागि प्रहरीको उपस्थिति महत्वूर्ण हुन्छ । त्यसैले ठूलोपातलमा पनि प्रहरी चौकीको आवश्यकता महसुस भएपछि प्रहरी चौकी स्थापना गरिएको ईलाका प्रहरी कार्यालय जिरीका प्रहरी निरिक्षक विष्णुबहादुर खड्काले बताउनुभयो । ईलाका प्रहरी कार्यालयको मातहतमा रहने गरी स्थापना भएको सो चौकी तत्कालिन ठूलोपातल गाविस रहेको पुरानो भवनबाट सञ्चालनमा आएको हो । अस्थाई प्रहरी चौकीमा प्रहरी हवल्दार झलकबहादुर घलेको कमाण्डमा पाँच जनाको टोली परिचालित भएका छन् ।

Shares

Be the first to comment on "जिरी नगरपालिकाको उर्लेनीमा प्रहरी चौकी स्थापना"

Leave a comment

Your email address will not be published.


*