जिरी नगरका पर्यटकीय स्थलको सरसफाई

चरिकोट(दीस)ः जिरी नगरपालिकाका पर्यटकीय स्थलहरुको सरसफाई गरिएको छ । सोमबार जिरी नगरपालिकाको आह्वानमा पर्यटकीय स्थलहरुको सरसफाई गरिएको हो ।
नगरद्वारा अह्वान गरिएको सरसफाई अभियानमा जनप्रतिनिधिहरु, राजनैतिक दलका प्रमुुख तथा प्रतिनिधिहरु, सरकारी तथा गैह्र सरकारी कार्यालय, सुरक्षा निकाय, शिक्षक, विद्यार्थी, नागरिक समाजाका प्रतिनिधि, प्रहरी लगायतको सहभागिता रहेको जिरी नगरपालिकाका प्रमुख मित्र बहादुर जिरेलले जानकारी दिनुभयो । अभियानमा साथ दिने सम्पूर्णलाई नगर प्रमुख जिरेलले एक विज्ञप्ति प्रकाशित गरी नगरको तर्फबाट धन्यवाद ज्ञापन गर्नु भएको छ ।

Shares

Be the first to comment on "जिरी नगरका पर्यटकीय स्थलको सरसफाई"

Leave a comment

Your email address will not be published.


*