जिरी च्याम्पीयनसिप सुरु

चरिकोट(दीस)ः दोलखाको पर्यटकीय नगरी जिरीमा जिरी च्याम्पियनसिप खेलकुद प्रतियोगिता २०८० सुरु भएको छ । बुधवार बाट सो च्याम्पीयनसिप सुरु भएको हो ।
च्याम्पीयनसिपको बागमती प्रदेशसभा सदस्य कुन्दनराज काफ्लेले एक समारोहका विचव उद्घाटन गर्नु भएको थियो । कार्यक्रमलाई जिल्ला समन्वय समिति दोलखाका संयोजक बर्जुराम घतानी, जिरी नगरपालिकाका मेयर मित्रबहादुर जिरेल, गौरिशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्की लगायतले सम्बोधन गर्नु भएको थियो । उद्घाटन कार्यक्रम युवा संजाल जिरीका अध्यक्ष जगदिश खड्काको सभापतित्वमा सम्पन्न भएको थियो ।
च्याम्पीयन सिप अन्तर्गत भलिवल प्रतियोगितामा सात जिल्लाका १७ टिमको सहभागिता रहेको छ । यस्तै जिरी भ्याली माउन्टेन सर्किट अल्टूा म्याराथन, स्लो बाइक रेस प्रतियोगिता र स्थानीय खेलहरु च्याम्पियनसिपमा समावेश गरिने आयोजकले जनाएको छ । जिरी सञ्जालद्वारा आयोजित च्याम्पीयनसिप कार्तिक १८ गते सम्म चल्नेछ ।

Shares

Be the first to comment on "जिरी च्याम्पीयनसिप सुरु"

Leave a comment

Your email address will not be published.


*