जिरी च्याम्पियनसीप हुने

चरिकोट (दीस) –दोलखाको पर्यटकीय नगरी जिरीमा “जिरी च्याम्पियनसीप २०७८” हुने भएको छ । युवा सञ्जाल जिरीको आयोजना तथा जिरी नगरपालिका र दोलखा समाज जापानको आयोजनामा जिल्लाकै ठुलो धनराशिको भलिबल खेल र म्याराथन दौड प्रतियोगिता हुने भएको हो । बागमती प्रदेश भित्र रहेका अन्तरपालिका भलिबल तथा खुला म्याराथन प्रतियोगिता गर्न लागिएको युवा संञ्जाल जिरीका अध्यक्ष केन्द्र ज्योति खड्काले जानकारी दिनु भयो । खेल आगामी कात्तिक १२ गतेदेखी १५ गतेसम्म चल्ने खेल आयोजक समितिले जनाएको छ । कोरोनाले ठप्प बनेको जिरीको पर्यटन,ब्यापार व्यवसायलाई पुनः चहलपहल र पुरानो लयमा फर्काउन जिरी च्याम्पियनसीपले थप उर्जा थप्ने अध्यक्ष खड्काले बताउनु भयो । “अहिले जिरीको पर्यटनमा खस्किएको छ, यो प्रतियोगिताले माथि उठ्याउने छ , खड्काले भन्नु भयो । “कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण विगत २ वर्षदेखि देशमा खेलकुद लगायत मनोरन्जनात्मक गतिविधिहरु हुन नसकेको हामि सवैलाई अवगत नै छ ,त्यसैले यस खेलकुद प्रतियोगिताको माध्यामबाट आम मानिसमा कोभिड महामारीको कारण परेको शारीरिक तथा मानसिक असरलाई न्युनिकरण गरि मनोरन्जन प्रदान गर्ने हाम्रो उदेश्य हो” उहाँले भन्नु भयो ।
भलिबल खेलको प्रथम पुरस्कार एक लाख नगद,ट्रफी,मेडल र प्रमाणपत्र दिने निर्णय गरेको छ। त्यस्तै द्वितिय पुरस्कार ५० हजार,ट्रफी,मेडल र प्रमाणपत्र,तृतिय पुरस्कार २५ हजार नगद ,ट्रफी,मेडल र प्रमाणपत्र र सान्त्वना पुरस्कार १०हजार नगद तथा प्रमाणपत्र दिने घोषणा गरेको छ। त्यसैगरी म्याराथान तर्फ प्रथम पुरस्कार २०हजार नगद,ट्रफी,मेडल र प्रमाणपत्र,द्वितिय पुरस्कार १०हजार नगद,ट्रफी,मेडल र प्रमाणपत्र र तृतिय पुरस्कार ५हजार नगद,ट्रफी,मेडल र प्रमाणपत्र दिने खेल आयोजक समितिले जनाएको छ।

Shares

Be the first to comment on "जिरी च्याम्पियनसीप हुने"

Leave a comment

Your email address will not be published.


*