जिरी एयरपोर्टको जग्गा फिर्ता गराउन मेयरले गरे मन्त्रीलाई अनुरोध

चरिकोट–संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले जिरी एयरपोर्टको जग्गा फिर्ता गराउने प्रतिबद्धता जनाएका छन् । जिरी नगरपालिका मेयर टंक जिरेलले भने“ ‘मैले मन्त्रीज्यूसँग एयरपोर्टको जग्गा फिर्ता गर्न अनुरोध गरेको छु । उहाँ पनि सकरात्मक हुनुहुन्छ,, ‘आशा छ, जग्गा फिर्ता पाउछौं ।’ मेयरलाई मन्त्री अधिकारीले जिरी एयरपोर्टको जग्गा फिर्ता गराउने प्रतिबद्धता जनाएका हुन ।
लामो समयदेखि बन्द रहेको एयरपोर्ट निरीक्षण गर्न दोलखाको जिरी नगरपालिका पुगेका पर्यटन मन्त्री अधिकारीले मन्त्रिपरिषद्को बैठकबाट जग्गा फिर्ता गराउने स्थानीयलाई बचन दिएका हुन् । जिरी नगरपालिकाका मेयर टङ्क जिरेलले मन्त्री अधिकारीलाई जग्गा फिर्ता गरी एयरपोर्टको सञ्चालन गर्न माग गरेका छन् । ‘मैले मन्त्रीज्यूसँग एयरपोर्टको जग्गा फिर्ता गर्न अनुरोध गरेको छु । उहाँ पनि सकरात्मक हुनुहुन्छ,’ मेयर जिरेलले भने, ‘आशा छ, जग्गा फिर्ता पाउँछौं ।’
उनका अनुसार नापी हुने बेला तत्कालीन पशु विकास फार्म जिरीका प्रमुख र नापीमा सहभागीहरुको मिलेमतोमा एयरपोर्टको जग्गा अनधिकृत रुपमा पशुविकास फार्मको नाममा दर्ता गरिएको हो । नापीभन्दा अघिसम्म एयरपोर्टको जग्गा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) कै नाममा थियो । नापीको बेला क्यानको कोही प्रतिनिधि नभएपछि पशुविकास फार्मको नाममा जग्गा दर्ता गराएको मेयर जिरेलको भनाइ छ । ‘हामीले पशुविकास फार्मलाई जग्गा फिर्ताको लागि माग गर्याैं तर मन्त्रिपरिषदको बैठकबाट मात्र फिर्ता हुनु पर्ने रहेछ,’ मेयर जिरेल भन्छन, ‘त्यहाँसम्म हाम्रो पहुँच पुगेन ।’ ०४० सालबाट बन्द रहेको जिरी एयरपोर्ट सञ्चालनका लागि पूर्व पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले पनि पुनःसञ्चालनको लागि प्रयास गरेका थिए ।
तर एयरपोर्टको जग्गा पशुविकास फार्मको नाममा रहेकोले उनको योजना सफल हुन सकेको थिएन । ४ सय मिटरको रनवे रहेको जिरी एयरपोर्टमा २०० मिटर थपेर ६ सय मिटरको बनाउन सकिने मेयर जिरेल बताउँछन् । एयरपोर्ट सञ्चालन गर्न सके जिरीबाट माउन्टेन फ्लाइटको लागि छोटो र सस्तो हुने मेयर जिरेलको भनाइ छ । जिरीको मौसम सधैं सफा हुने भएकोले पनि माउन्टेन फ्लाइटनको लागि उपयुक्त एयरपोर्ट हुन सक्ने उनले बताए । एयरपोर्टलाई ग्राभेल गर्न सके १२ महिना सञ्चालन गर्न सकिने भन्दै त्यसतर्फ पर्यटनमन्त्रीको ध्यानाकर्षण समेत गराएको बताए । पर्यटनमन्त्री अधिकारीले यसअघि नै सम्भव भएका तर बन्द अवस्थामा रहेको सबै एयरपोर्टहरु सञ्चालन गर्ने घोषणा गरेको थिए । जहाज चड्ने अधिकार सबै नेपालीको भएकोले सम्भावना भएका एयरपोर्टमा तत्काल जहाज उडाउन मन्त्री अधिकारीले क्यानका प्रतिनिधिहरुलाई निर्देशन समेत दिइसकेका छन् ।

Shares

Be the first to comment on "जिरी एयरपोर्टको जग्गा फिर्ता गराउन मेयरले गरे मन्त्रीलाई अनुरोध"

Leave a comment

Your email address will not be published.


*