जिरीका मुख्य स्थानमा सिसी क्यामारा जोडिदै

ईश्वर विश्वकर्मा चरिकोट, –सुरक्षा सतर्कतालाई मध्यनजर गर्दै जिरीको मुख्य स्थानमा सिसी टिभी क्यामेरा जडान गरिने भएको छ ।

लिंकन बजार, बसपार्क, मानेडाडाँ, हाट डाँडा लगायतका मानिसको धेरै भिड हुने, सवारी चाप हुने क्षेत्रमा निगरानीका लागि सिसी टिभी क्यामेरा जडान गरिने भएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमति प्रदेश सरकारको २ लाख ५७ हजार रुपैँया आर्थिक सहयोग र नगरको आन्तरिक बजेट गरि करिब ५ लाख रुपैयाँमा ११ वटा क्यामेरा खरिद गरिएको छ । चोरी, तस्करी, झैझगडा लगायत जिरीमा हुन सक्ने सम्भावित अपराध रोक्न सिसी टिभी क्यामेरा जडान गर्ने तयारी गरिएको नगर प्रमुख टंक जिरेलले बताए । आगामी असोज महिनासम्म काठमाडौँबाट प्राबिधीक झिकाई सिसिटिभी क्यामेरा जडान गरि सकिने उनले बताए । सिसि टिभि क्यामेराको कन्ट्रोल इलाका प्रहरी कार्यालय जिरीले गर्ने छ ।बैशाख महिनाभित्रै सिसि टिभी क्यामेरा जडान गर्ने योजना रहेको भएपनि बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण जारी लकडाउनले गर्दा जडान गर्न नसकिएको नगरका सुचना प्रविधी शाखाका सुचना प्रविधी अधिकृत आषिश भण्डारीले बताए । नगरको शान्ति सुव्यबस्था कायम गर्न तथा अपराध अनुसन्धानमा सिसि टिभी क्यामराले महत्वपुर्ण भुमिका निर्वाह गर्ने उनको बिश्वास रहेको छ ।

Shares

Be the first to comment on "जिरीका मुख्य स्थानमा सिसी क्यामारा जोडिदै"

Leave a comment

Your email address will not be published.


*