जिरीमा लाटोकसेरो उत्सव तयारी पूरा

जिरी– पर्यावरण सन्तुलनमा योगदान पु¥याउँदै आएका लाटोकोसेरो तथा हुचील संरक्षणमा हातेमालो गर्ने सञ्देशका साथ शुक्रबारदेखि जिरीमा लाटोकोसेरो तथा हुचील उत्सव आयोजना हुँदैछ । उत्सवको तयारी पूरा भएको आयोजकले बताएका छन् ।
उत्सवको तयारीका लागि जिरेल, शेर्पा, नेवारी सांस्कृतिक झाँकी प्रदर्शनीको तयारी पूरा भएको छ । त्यसैगरी विभिन्न किसिमका लाटोकसेरोको अवलोकनका लागि जिरी प्राविधिक शिक्षालयमा लाटोकसेरो संग्राहालय तयारी गरिएको छ ।
उत्सवका संयोजक केन्द्र ज्योति खड्काका अनुसार पहिलो दिन चरा अवलोकन, प्रकृतिको फोटो खिच्ने कार्यक्रम, लाटोकोसेरा सम्बन्धी अस्थायी लघु म्युजियम प्रदर्शनी र टुटु लगायत स्थानीय लोपोन्मुख खेल प्रदर्शन गरिने छ । त्यो रात लाटोकोसेराको महत्व झल्काउने बृत्तचित्र प्रदर्शन गरिने छ भने अर्को दिन संरक्षण, संस्कृति तथा लाटोकोसेरा सम्बन्धी सामाग्री प्रदर्शन गरिनेछ ।
उत्सवमा स्थानीय नाचगानको स्वाद समेत पस्किनेछ। कार्यक्रममा शेर्पा, जिरेल, नेवार नाच प्रदर्शन गरिने छ। साथै विद्यालय स्तरीय चित्रकला, कविता तथा निबन्ध प्रतियोगिता गरिनेछ । उत्सवमा ८ थरि लाटोकोसेराको आवाज सुन्न र ८ वटालाई टिभीमा हेर्न पाइनेछ ।
उत्सवमा सहभागी हुनेका अनुहार तथा नङमा लाटोकोसेरा तथा हुचीलको चित्र बनाइने छ । कार्यक्रममा नेपालको सबैभन्दा ठूलो लाटोकोसेरोको मास्कोट प्रदर्शनी समेत गरिने आयोजकले जनाएका छन् ।
अन्तराष्ट्रिय लाटोकोसेरो महोत्सवको अबसरमा युवा सञ्जाल जिरी तथा प्रकृतिका साथीहरु नामक संस्थाले आयोजना गर्ने उत्सवमा लाटोकोसेरो र हुचील सम्बन्धि क्रियाकलाप सञ्चालन हुनेछ । किसानका साथीका रुपमा चिनिएका लाटोकोसेरोको संरक्षणमा सरोकारवाला र सर्बसाधारणको ध्यानाकर्षण गराउन उत्सव गर्न लागिएको प्रकृतिका साथीहरुका निर्देशक राजु आचार्यले बताए । उनका अनुसार लाटोकोसेराको परिवारले एक सिजनमा तीन हजार वटासम्म मुसा खान्छ । साथै तिनले किरा फट्याङग्रा, सर्प, भ्यागुता नियन्त्रणमा पनि सहयोग र्पुयाउँछन् ।
अध्ययन अनुसार विश्वमा २२५ प्रजातीका लाटोकोसेरा पाइन्छ । नेपालमा २३ प्रकारका लाटोकोसेराको अभिलेख छ । तीमध्ये ९ प्रजाती दुर्लभ मानिन्छ । नेपालबाट वार्षिक दुई हजार बढी लाटोकोसेरा तथा हुचील मारिने तथा विदेशमा अबैध रुपमा पठाइने गरेको भेटिएको छ ।

अहिले जिरीका विद्यालयमा लाटोकोसेरो संरक्षण सम्बन्धि चेतना शिविर चलाइएको छ। उत्सवको अन्तिम दिन तीन जना संरक्षणकर्मीलाई जनही २५ हजार रुपैयाँ सहित ‘प्रकृति संरक्षण पुरस्कार’ दिइने आचार्यले बताएका छन् । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेदवहादर खड्का, गिद्ध संरक्षण अधिकृत कृष्णप्रसाद भुषाल र शोभा मानन्धरले पुरस्कृत हुँदैछन् ।
उत्सवलाई जिरी नगरपालिका, जिरी प्राविधिक शिक्षालय र गौरिशंकर संरक्षण क्षेत्र परियोजना (जिक्याप) ले सहयोग गरेका छन् । उत्सव तयारीका लागि जिरी बजार सरसफाइ कार्यक्रम समेत गरिएको छ ।

Shares

Be the first to comment on "जिरीमा लाटोकसेरो उत्सव तयारी पूरा"

Leave a comment

Your email address will not be published.


*