जिरीमा स्वर्गीय नेता भीम बहादुर तामाङकाे स्मृतिमा भवन निर्माण हुदैँ

 इश्वर बिश्वकर्मा चरिकोट, दोलखाको जिरी नगरपालिकामा भीम बहादुर तामाङ स्मृति भवनको शनिबार शिलान्यास गरिएको छ । नेपाली काङग्रेसका पुर्व केन्द्रिय सदस्य एवम् संघिय सांसद जिपछिरिङ लामाले एक कार्यक्रमका बिच नगरपालिकाको वडा नम्वर ५ स्थित लिंकन बजारमा स्वर्गीय नेता भीम बहादुर तामाङको स्मृति भवनको शिलान्यास गरेका हुन् । करिब ६० लाख लागतमा तीनतल्लाको १२ वटा कोठा सहितको स्मृति भवन एक वर्षमा निर्माण लक्ष्य राखिएको भीम बहादुर स्मृति प्रतिष्ठान जिरीका उप संयोजक एवम् भवन निर्माण समितिका उपाध्यक्ष बाबुराजा श्रेष्ठले बताए । भवन निर्माणका लागि जिरी नगरपालिका नेपाली कांग्रेसका उपसभापति नर बहादुर जिरेलले पुस महिनामा स्मृति भवन निर्माणको लागि ६ आना जग्गा उपलब्ध गराएका थिए । पार्टीका विभिन्न नेता तथा कार्यकर्ता र शुभेच्छुकहरुको सहयोगबाट निर्माण हुने उक्त भवनको लागि शिलान्यास कार्यक्रमको अवसरमै १२ लाख १ हजार रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । भवन निर्माणका लागि सबै भन्दा वढि सांसद लामाले ५ लाख ५१ हजार सहयोग गरेका छन् । त्यसैगरि नेपाली कांग्रेसका दोलखाका नेता एवम्ं स्कुल अफ डेमोक्रेसी दोलखाका अध्यक्ष प्रभुराम श्रेष्ठले ५ लाख, नेपाली कांग्रेसका पार्टी सभापति रुद्र बहादुर खड्काले १ लाख १ हजार, नेता च्याङा शेर्पाले ५० हजार १ सय रुपैयाँ सहयोग गरेका भिम बहादुर स्मृति प्रतिष्ठान जिरीका उप संयोजक एवं भवन निर्माण समितिका उपाध्यक्ष श्रेष्ठले बताए ।

Shares

Be the first to comment on "जिरीमा स्वर्गीय नेता भीम बहादुर तामाङकाे स्मृतिमा भवन निर्माण हुदैँ"

Leave a comment

Your email address will not be published.


*