जिरीमा भलिवल प्रतियोगिता हुने

दीक्षण समाचार ÷चरीकोट, –अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा दोलखा–रामेछाप जिल्लास्तरीय अन्तरपालिका महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । नगरस्तरीय युवा तथा खेलकुद समिति जिरी नगरपालिकाले जिरी प्राविधिक शिक्षालयको खेल मैदानमा २०७८ साल फाल्गुण २४ गतेदेखि तीन दिनसम्म प्रतियोगिता आयोजना गर्न लागेको हो । सबै क्षेत्रमा महिला सक्षम रहेको कुरा उजागर गर्न र महिलालाई खेलकुदमा प्रोत्साहन गर्नको लागि प्रतियोगिता आयोजना गरिएको समितिका अध्यक्ष नर्बु शेर्पाले बताउनुभयो । फिफाको नियमानुसार सञ्चालन हुने प्रतियोगिताका विजयी टिमलाई ५० हजार नगद, द्वितीय हुनेलाई ३० हजार, तृतीय हुने समूहलाई २० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र र सान्त्वना हुने समूहलाई ५ हजार रुपैयाँ पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । साथै वेष्ट प्लेयर, बेष्ट स्पाइकर, बेष्ट सेटर, वेष्ट सर्भर र वेष्ट डिफेण्डरलाई ट्रफि र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा सहभागी हुन फागुन २३ गतेभित्र टिम दर्ता गराइसक्नुपर्ने छ । टिम दर्ता गर्न एक हजार रुपैयाँ शुल्क तिर्नुपर्ने छ । महिला खेलाडीहरुको प्रतिभालाई प्रष्फुटन गराउने र परिचित गराउने प्रतियोगिता महत्वपूर्ण हुने खेलकुद प्रशिक्षक पासाङ शेर्पाले बताउनुभयो । जिरी नगरपालिका खेलकुद क्षेत्रको प्रवद्र्धनका लागि विभिन्न कार्यहरु गर्ने क्रममा वर्षेनी खेल प्रतियोगिता आयोजना गरी युवालाई खेलकुदमा प्रोत्साहित गर्ने गरेको भन्दै उहाँले खुशी व्यक्त गर्नुभएको छ ।

Shares

Be the first to comment on "जिरीमा भलिवल प्रतियोगिता हुने"

Leave a comment

Your email address will not be published.


*