जिरीमा चौथो राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सम्पन्न

दीक्षण समाचार
चरिकोट, असार ६
दोलखाको जिरी नगरपालिकामा आयोजित चौथो राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि सहिद स्मृति आवासीय माविले पाएको छ । नगरपालिकाको आयोजनामा सञ्चालित प्रतियोगिताको उपाधि जितेसँगै शहीद स्मृति आवासीय माविले नगद ३० हजार सहित सिल्ड ,मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो । त्यसैगरी द्वितीय भएको बौद्ध भुबनेश्वरि मावि, एलुङ्ग तृतीय भएको जिरी मावि जिरीले क्रमशः २० हजार र १० हजार रुपैयाँ सहित सिल्ड, मेडल र प्रमाणपत्रले पुरस्कृत भएका थिए ।  विजेता विद्यालयले ११ स्वर्ण, ३÷३ काश्य र रजत, दोस्रो हुने विद्यालयले ३ स्वर्ण ९ रजत र ५ काश्य र तेस्रो भएको विद्यालयले ३ स्वर्ण ५ काश्य ७ रजत जितेको आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रामहरी शिवाकोटीले गर्नुभएको थियो । उहाँले खेल क्षेत्रको विकास र खेलाडीको क्षमता अभिवृद्धि गर्न र नयाँ खेलाडी उत्पादनका लागि स्थानीय सरकारसँगको समन्वयमा काम भइरहेको सुनाउनुभयो । जिल्लालाई खेल क्षेत्रको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चिनाउन आफ्नो नेतृत्वमा रहेको खेलकुद विकास समितिले सक्रिय भएर लागि परेको उहाँले बताउनुभयो ।  

Shares

Be the first to comment on "जिरीमा चौथो राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सम्पन्न"

Leave a comment

Your email address will not be published.


*