जिरीमा खुला चेस प्रतियोगिता हुँदै

कात्तिक १४, चरिकोट । स्विटजरल्याण्डको ज्युरिच सहरसँग तुलना गरिने सगरमाथाको प्रवेशद्धार जिरीमा खुला चेस प्रतियोगिता २०७७ को आयोजना गरिएको छ ।

युवा सञ्जाल जिरीले जिरी नगरपालिका– ५, लिङ्कनबजारमा कात्तिक २० देखि २२ गतेसम्म ३ दिने जिरी खुला चेस प्रतियोगिता २०७७ को आयोजना गरेको हो ।

कोरोना भाईरस (कोभिड १९) संक्रमणका कारण धेरै जमघट हुने खालका कार्यक्रमहरु संचालन गर्न नमिल्ने भएकाले ईन्डोर खेल चेस प्रतियोगिता आयोजना गरिएको युवा सञ्जाल जिरीका अध्यक्ष केन्द्रज्योति खड्काले जानकारी दिए ।

चेससम्वन्धी अन्तरराष्ट्रिय नियमन संस्था फिडेबाट मान्यता प्राप्त चेस प्रतियोगिता जिरीमा पहिलोपल्ट संचालन हुन लागेको छ । खेलाडीहरुले रेटिङ प्राप्त गर्न सक्ने प्रतियोगिताले कोरोनाको कारण आमजनमानसमा सृजित मनोबैज्ञानक त्रासलाई कम गर्नुका साथै धेरथोर मनोरन्जन समेत प्रदान गर्ने आयोजकको लक्ष्य रहेको छ ।

चेस आफैँमा ईन्डोर खेल भएकाले जोखिमको सम्भावना कम हुने गरी प्रत्येक खेलमा प्रतिस्पर्धी २ र रेफ्री गरी ३ जनामात्र हुने नियम बनाईएको अध्यक्ष खड्काले बताए ।

साथै खेलाडि एवम् रेफ्रीलाई अनिबार्य खेल संचालन स्थलमा मास्क, स्यानीटाईजर र पन्जाको व्यवस्था गरिएको आयोजकले जनाएको छ । जिरीमा उपलब्ध मध्येको उच्च प्रविधि प्रयोग गरिने कार्यक्रमको कुनै औपचारिक उद्घाटन तथा समापन नगर्ने आयोजकको योजना छ ।

प्रत्येक खेललाई युवा संजाल जिरीको आधिकाररिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिने र प्रतिक्षारत खेलाडीहरुलाई विग स्क्रिन स्मार्ट टिभीमार्फत प्रत्यक्ष प्रशारण गरिने कार्यक्रम छ ।

जिरी नगरपालिका, नेपाल बुद्धिचाल संघ, नेपाल बुद्धिचाल संघ दोलखाको आर्थिक तथा प्राविधिक सहयोग रहने प्रतियोगिताका विजयीहरुलाई कूल रु. ३७ हजार नगद पुरस्कार वितरण र फिडे रेटिङ प्राप्त गर्ने अध्यक्ष खड्काले बताए ।

Shares

Be the first to comment on "जिरीमा खुला चेस प्रतियोगिता हुँदै"

Leave a comment

Your email address will not be published.


*