जिरीमा आज देखि जिरी महोत्सव सुरु

चरिकोट(दीस)ः दोलखाको पर्यटकीय नगरी जिरीमा आज देखि जिरी महोत्सव सुरु भएको छ  । महोत्सवको नेपाल सरकारका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्नु भएको छ । जिरी उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि सुरु भएको महोत्सव देखि बैशाख २ गतेसम्म दोस्रो जिरी महोत्सव चल्ने छ  । जिरीको पर्यटन तथा स्थानीय उत्पादनहरुको प्रबर्धनका लागि महोत्सवको आयोजना गरिएको जिरी उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराजा श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवमा स्थानीय उत्पादनको विक्री वितरण, स्थानीय संस्कृतिको अवलोकन गर्नाका साथै जिरेललगायत स्थानीय जातजातीका खानाका परिकारको स्वाद लिन व्यवस्था गरिएको छ । कार्यक्रममा विभिन्न जातजातिका सांस्कृतिक झाँकिहरु प्रदर्शन गरिनाका साथै बृहत सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिने छ । जिरीनगरका च्योर्दुङ, हनुमन्ते, स्टोन पार्क,बुुद्ध पार्क लगायतका महत्वपूर्ण गन्तब्यहरु समेत प्याकेज महोत्सवको अवसरमा घुम्न सकिने आयोजकको भनाई रहेको छ ।

Shares

Be the first to comment on "जिरीमा आज देखि जिरी महोत्सव सुरु"

Leave a comment

Your email address will not be published.


*