जापानमा लगाइएको संकटकाल देशव्यापी विस्तार

टोकियो । जापानमा प्रधानमन्त्री सिन्जो आवेले सङ्कटकाललाई देशव्यापी विस्तार गरेका छन् ।

शुक्रबारदेखि लागु हुने घोषणा गरिएको सङ्कटकाल आगामी मे ६ तारिखसम्म कायम रहने प्रधानमन्त्री आवेले जानकारी दिएका छन् ।

सिमाना पार गरेर एक ठाउँबाट अर्को ठाउँ तर्फ जाने कार्यलाई नियन्त्रणका लागि देशव्यापी सङ्कटकाल घोषणा गर्नुपरेको उनको भनाई छ ।

कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले सङ्कटकालको आवश्यकता भएको प्रधानमन्त्रीले बताएका छन् ।

प्रधानमन्त्री आवेले यसअघि यही अप्रिल ७ मा केन्द्रीय राजधानी टोकियो र अन्य छ क्षेत्रमा मात्रै सङ्कटकालको घोषणा गरेका थिए । यी क्षेत्रहरुमा कोरोनाभाइरसको उच्च जोखिम भएकाले सङ्कटकाल लागु गरिएको थियो ।

प्रधानमन्त्री आवेले पहिलो चरणमा घर बाहिर भिडभाड नगर्न र घर भित्रै बस्न आम नागरिकलाई आह्वान गरेका थिए । तर त्यो आह्वान सन्तोषजनक रुपमा पालना नभएपछि उनले सङ्कटकालको घोषणा गर्नुपरेको हो ।

उनले हरेक जापानी नागरिकलाई एक लाख जापानी येन नगद उपलब्ध गराउने घोषणा पनि गरेका छन् । – एपी

Shares

Be the first to comment on "जापानमा लगाइएको संकटकाल देशव्यापी विस्तार"

Leave a comment

Your email address will not be published.


*