जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवता रमाउँछन्

जानुका न्याैपाने

प्रत्येक वर्ष मार्च ८ लाई महिला दिवसको रूपमा विश्वभर मनाउने गरिन्छ, यस वर्ष पनि leadership: Achieving an equal future in a COVID-19 world” नाराका साथ विश्वमा १११ औं महिला दिवस मनाइयो।

विश्व श्रमिक महिला दिवसले विश्वका महिलाहरूलाई जागरण र सशक्तीकरणको सन्देश दिइरहेको छ भने सरकारहरूलाई सकारात्मक परिवर्तनका लागि पहलकदमी गर्ने दायित्वको स्मरण गराउँने गरेको छ। तर, यी र यस्ता सवाल मैले बाल्यकालदेखि सुन्दै अएकी थिएं, युवावस्थामा संघर्ष गर्दै अगाडि बढें र अहिले यो त राष्ट्रिय सवाल हो भन्ने बुझेर अवाज उठाउँदै र उठाउँनेहरूकै लाममा लामवद्ध भएर हिडिरहेको छु । सायद महिला, बालबालिका, ज्येष्ठ नागिरक, अपांगता भएका मानिसहरूका बारेमा सवाल म देखि प्रमसम्म सबैले निरन्तर ठूलो, चर्को स्वरमा उठाउने गरेको जस्तो लाग्छ । म र म बाहेकका सबैले उठाउने गर्नु भएको छ कि पछाडि पारिएका, वर्ग, समुदाय र मानिसले उचित क्षतिपूर्ति सहितको सम्मानजनक अवसर पाउनु पर्छ भनेर ।

नारी आँट, साहस, शक्ति र मायाको खानी हो, जसलाई कसैले नकार्दैन। हाम्रा प्राचीन धार्मिक ग्रन्थहरूले पनि त्यसको महिमा ऐतिहासिक कालदेखि गर्दै आएका छन्। ‘यत्र नार्यस्तु पूज्यन्ते, रमन्ते तत्र देवता’ अर्थात जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवता रमाउँछन् भन्ने पौराणिक भनाइ रहेको छ यो भनाइलाई सार्थक बनाउन जरुरी छ।

हाम्रो मुलुकको महिलाहरूके अन्देलनके इतिहास लाई फर्केर हेर्दापनि योगमाया न्यैपाने, साधना, साहान प्रदान मंगलादेवी सिंह अद लगायतका थुप्रै अगुवा महिलाहरूले उठाउँदै अएका साँस्कृतिक, दासता, सतीप्रथा, राणा शासन, निरंकुशता, राजनीतिक, प्रशासनिक, शैक्षिक, आर्थिक, सामाजिकलगायत क्षेत्रमा महिलाहरुको सक्रिय सहभागिता हुनु पर्छ त्यहाँ हुने विभेद विरूद्ध अवाज उठाउँदै, अएर सबैतिर महिला सहभागिता बढ्दै गएको छ, जुन सकारात्मक पक्ष हो। तर, अझै पनि सन्तोषजनक र चित्त बुझाएर बस्ने अवस्था भने अझै बनेको छैन ।

तर यसो भनेर बताइरहँदा हाम्रो नेपाली समाजमा भने केहि महिला र पुरूषहरुमा केही समय यता केही बेथिति बढैदै गएको पाइन्छ । कसैले कसैको दैनिक जीवन, पारिवारिक जीवन नै लथालिंग र भताभुंग हुनेगरि व्यवहार गरेको पाइन्छ ।  न इर्श्या लागेर हो वा नियतवश पछाडि धकेल्न चाहेको हो ?

कोही मेहनत गरेर अगाडि बढीरहेका महिला होस् या पुरूष उसले कमाएको इज्जत, प्रतिष्ठा, अत्मसम्मानमा नै अँच अउनेगरी नचाँहिदे तरिकाले पछ्याउने, गलत नियतकै कारण अनि बजार हल्ला, सामाजिक सञ्जाल अनि विभिन्न तवरबाट बद्नामी गराउने, घरपरिवार, समाजमा नै नीच देखाएर कयों वर्ष लगाएर कमाएको  इज्जत, प्रतिष्ठा, अत्मसम्मानलारइ सेकेण्ड भरमा चकनाचुर पारिदिने परिपाटी बढ्दै गएको छ यो म देखि सम्पूर्ण अहोदामा रहनु भएका, रहेका, रहने अनि प्रमसम्मले बुझ्नु पर्ने भएको छ ।  यहाँ त  एक आपसमा सकारात्मक सोच, सम्मान, माया र स्नेहको भावना भन्दा बढि ईर्ष्या गर्ने, असहयोग गर्ने तथा खुट्टा तान्ने प्रवृत्ति बढ्दै अएको छ । यसलाइ मनन् गर्नु हुनेछ भन्ने विश्वास राखेको छु मैले कि जुनसुकै अवस्थाको व्यवहारलाइ योन योनजन्य व्यवहारसँग जोडेर गरिने व्यवहार र अनावश्यक पछ्याउने र कोही कसैको इज्जत, प्रतिष्ठा र अत्मसम्मानमा ठेस पुर्याउने कार्य कही कतै, कोही कसैबाट नहोस् यसप्रति सबैले सचेत हुनु अजको मूख्य सवाल बनेको छ ।

महिला र पुरूषहरु र पुरूषत्वको भावना, पितृसत्तात्मक सोच भएकाहरूको विचमा एकआपसमा फराकिलो मानसिकता तथा सोच सहितको एकजुट हुनु र अवसर र अधिकार लिने र दिने नभइ वा लेनदेन, व्यापार व्यवसाय नभर्इ प्राप्तिको ऐतिहासिक क्षणको रूपमा लिनु सान्दर्भिक हुने छ यस सवाललार्इ यसरी बुझ्दा झनै प्राप्त उपलब्धीको उच्चार्इ बढ्ने छ भन्ने पनि मदेखि ………प्रमसम्मले बुझ्नु पर्छ ।

यति धेरै प्रयास, अभ्यासहरू निरन्तर जारी राख्दा पनि देश विदेश जहाँ रहेतापनि नेपाली समाज भित्र अझै लैंगिक समानता कायम गर्न, लैंगिक हिंसा अन्त्य गर्न बाँकी छ, विदेशी भूमिमा हेर्ने हो भने पनि धेरै नेपाली दिदिबहिनिहरु अर्थिक, सामाजिक हिंसा, यैनजन्य र मानसिक हिंसाको शिकार भईरहेका छन् ,जसको मार प्रत्यक्ष रुपमा महिलाहरूले खेपिरहेका छन् ।

यी र यस्ता बिबिधखाले विभेदजन्य समस्याले महिलाहरूको मानसिक तथा भौतिक, अर्थिक विकासमा समेत असर परिरहेको अबस्था छ।नेपाली समुदायमा घटिरहेका कुनै पनि हिंसा बिरुध्दमा बोल्न अब मार्च ८ अर्थात नारी दिवस कुरी रहनु पर्ने अवस्था रहन भएन यो महिलाको मात्र जिम्मेवारी रहेन यो त प्रत्येक मदेखि …..प्रमसम्मको प्रमुख दायित्व एवं जिम्मेवारी हो । कुनै पनि दिनमा हिंसाको बिरुध्दमा आवाजको राँको बालेर यसलाई रोक्ने आँट नारीहरुले गर्ने साहस गर्दा मात्र यसको अन्त्य गरि सम्मानपुर्ण समाजको निर्माण गर्न सकिने छ भन्ने सो थियो होला । यो त महिलाको मात्र जिम्मेवारी हो भन्ने बुझ्ने गरिएको थियो होला र यदि अझै कहिँ कतै कोही कसैमा बाँकी छ भने पनि अब त्यो सोच बदल्नु जरूरी छ यो प्रत्येक मदेखि प्रमसम्मले बुझ्नु पर्छ र बुझिएको होला भन्ने कुरामा अशावादी छु ।

न्याय र सारभूत समानता को निम्ति आवाज बुलन्द गर्दै आजको २१ औ शताब्दीमा बिभिन्न भेला तथा कार्यक्रमहरु मात्र हैन अन्तर्राष्ट्रीय डायस्पोरामा वास्तविक जीवनमा ठाउँ ठाउँमा घटीरहेका महिला हिंसाका घटना तथा प्रेरणा मिल्ने सफल महिलाहरुको कथाबस्तु हरुलाई उजागर गर्दै हरेक माध्यम बाट प्रभावकारी ढंगले सामाजिक सचेतना बढाउने अभियान जारी राखों कोभिड बर्ष -२०२० ले पनि हामीलाई धेरै पाठ सिकाईसकेको छ ।

बिभिन्न क्षेत्रमा महिलाले गरेका ऐतिहासिक योगदानको क़दर गर्ने गरौ, सधै महिला हिंसा, पिडा र समस्याको मात्र कुरा हैन समाधानको लागि यस वर्षको अन्तर्राष्ट्रिय श्रमीक महिला दिवशको थीम अनुसार सुरक्षाभित्र फोजी सुरक्षा सहित मानवीय सुरक्षा, सामाजिक सुरक्षा, अर्थिक सुरक्षा, खाद्य सुरक्षा, स्वास्थ्य सुरक्षा, वातावरणको सुरक्षा, अपचारिक तथा अनोपचारिक रोजगारीको सुरक्षा गर्ने ग्यारेण्टी हुनु पर्छ भन्ने हो । सम्मानमा मर्यादा बिहिन मानव हुँदैन त्यसकारण सम्पूर्ण मानवको सम्मान गर्ने जिम्मा सम्पूर्ण मानवकै हो भन्ने व्यवहारमा हुनु पर्छ । पृथकता, मानवता, विविधता र एकताको सम्मान हुनु पर्छ । रोजगारमा मर्यादापूवर्क गरेका कामलाइ सम्मान, पछाडि पारिएका वर्गलाइ मूलप्रवाहमा ल्याउने, अग्राधिकारको व्यवस्था, समावेशीकरण, सशक्तीकरण, कार्यस्थलमा सहज रूपमा काम गर्ने कार्यस्थलको वातावरण बनाउने कार्य गर्ने गराउने भयो भने बल्ल प्रमदेखि प्रत्येक महरूले चाहेको सम्वृद्ध नेपालको अधार बन्ने छ। त्यसको लागि प्रत्येक व्यक्ति, समुदाय र मुलुक सुखी र खुशी हुनु अवश्यक छ ।

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा एकअर्काका विविधता सहितका गुणहरूको सम्मानसाथ आत्मसाथ गरौं, सकारात्मक ढंगले महिला र पुरुषलाई फरक रूपमा हेर्ने विभेदपूर्ण सामाजिक नजरिया बदल्न सक्यौं भने मात्र यस बर्षको Women in leadership: Achieving an equal future in a COVID-19 world” नाराले सार्थकता पाउनेछ ।
र अन्त्यमा महिला शसक्तिकरणको लागि सदैव तत्पर रहेको प्रतिबध्दता सहित महिला एकता तथा समानतालाई सहकार्यमा रुपान्तरण गरौ र १११औ अन्तराष्ट्रीय महिला दिवसले सार्थकता पाउने छ भन्ने हो । अब मका महिलाहरूले निरन्तर एक अर्काको जीवन, इज्जत, प्रतिष्ठा र सम्मानमा अँँाच अउने कार्य नगरोँ, सबैले यसमा धयान दिउ भन्ने कुरा हरेक मदेखि प्रमसम्मले बुझ्नु र बुझाउनु भएकै होला सबैको मन मनले मनन् गर्नु होला ।

 

Shares

Be the first to comment on "जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवता रमाउँछन्"

Leave a comment

Your email address will not be published.


*