जसपा दोलखाद्धारा उम्मेद्वार सिफारिस

दीक्षण समाचार ÷चरिकोट, –जनता समाजवादी पार्टी (जसपा) दोलखाले मंसिर ४ मा हुने संसदीय निर्वाचनको लागि आकांक्षी उम्मेद्वारहरुको नामावली सिफारिस गरेको छ । जसपाबाट प्रदेश र प्रतिनिधितर्फ प्रत्यक्ष र समानुपातिक उम्मेद्वार हुन चाहनेहरुको नामावली प्रदेशमा सिफारिस गरिएको हो । प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ आङ्डेन्डी शेर्पा र दावा शेर्पा, समानुपातिक तर्फ नानु थामी र मङ्गते शेर्पालाई सिफारिस गरिएको छ । प्रदेश सभा (क) को प्रत्यक्षतर्फ मानबहादुर सुनुवार, कामे शेर्पा र समानुपातिकतर्फ दावाछिरी शेर्पा र मसली सापकोटा सिफारिस हुनुभएको छ ।
प्रदेश सभा (ख) को प्रत्यक्ष तर्फ सोमफुरी शेर्पा, विच्छीकुमार थामी, समानुपातिकतर्फ इन्द्र तामाङ, कुमारी मगर, पुतली थामी र हेव बहादुर थामी सिफारिस हुनु भएको जसपाका जिल्ला सचिव मङ्गते शेर्पाले बताउनु भयो । आकांक्षीहरुको नामावली सिफारिस भएसँगै चुनावी प्रचारप्रसार अभियानलाई पार्टीले सुरुवात गरेको छ । उम्मेद्वारहरुलाई जित हासिल गर्न सम्पूर्ण शक्तिसंयन्त्रको परिचालन गरी चुनावी अभियानलाई तीव्रता दिइने सचिव शेर्पाले सुनाउनु भयो ।

Shares

Be the first to comment on "जसपा दोलखाद्धारा उम्मेद्वार सिफारिस"

Leave a comment

Your email address will not be published.


*