जर्वजस्ती करणीका घटना दोलखामा बढ्दो

बाबुराम शर्मा (चरिकोट ) –देशभर जबरजस्ती करणीका घटना बढिरहेकै बेला दोलखामा पनि बढ्दो रहेको तंथ्याकले देखाएको छ । जिल्ला अदालत दोलखाको अभिलेख अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा ५९ वटा जर्वजस्ती करणीका मुद्दा दर्ता भएकोमा १५ फस्र्योट भई ४४ वटा बाँकी रहेका थिए । आव २०७८÷०७९ मा ६५ वटा दर्ता र सरिआएका गरी ६५मध्ये ५० वटा बाँकी रहेका छन् भने १० बालबालिका छन् । भदौ महिनामा मात्र तीन वटा मुद्दा दर्ता भएका छन् । पछिल्लो समय यस्ता घटना बढ्नुमा समाज सशक्तिकरण हुन नसक्नु, यौन शिक्षाको अभाव र यौन र बलात्कारलाई हेर्ने दृष्टिकोण एउटै हुनुले पनि जबरजस्ती करणी बढ्दो क्रममा रहेको दोलखाका जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले टिप्पणी गर्नु भयो । “यौन अपराध होइन सृष्टि हो, यसमा मायामोह, सम्मान, सहमति हुन्छ भने बलात्कारमा ठिक उल्टो अपमान, शोषण, डर, धम्की हुन्छ ”। उहाँले भन्नु भयो, “पछिल्लो अबधिमा अपराध इजि एक्सेस बनेको देखिन्छ । यौन र बलात्कार एउटै होइन भन्ने सशक्तिकरण नहुँदा मानव तथा न्यायालयमा समेत यसबारे स्पष्ट हुन नसकिरहेको अवस्था छ । ” अहिले बाहिर आएका अपराध यौन अति गोप्य हो भन्ने र पहुँच कम भएका मात्र देखिन्छन् । “समाजमा अपराधको ठूलो जालो छ । ठूलो जालो बाहिर आउनै सकेको छैन । प्रायः बालबालिका, अपाङग, महिला, निमुखा पीडित बनेका छन् । यिनै मुस्किलले बाहिर आएका छन् । हैसियतदारले लोभलालच र अधिकार मुठीमा राखेर बाहिर आउन दिएकै छैनन् । उनीहरु ऐसआराममा छन् । लुकेर रहेका यस्ता घटना पनि बाहिर आउनु जरुरी छ । ”श्रेष्ठले भन्नु भयो “यसमा मिडियाले ठूलो रोल खेल्नु पर्छ, अरुबाट हुँदैन ।”
पछिल्लो समय कानुनले पीडकलाई दण्ड जरिवाना होइन सजग बनाएको र पीडितलाई न्याय दिएर अरुलाई सचेत बनाउन खोजेको देखिएको कानुनविद्ले बताउने गरेका छन् । मुलुकी फौजदारी संहिता २०७४ को परिच्छेद १८ करणी सम्बन्धी कसुर महलको २१९ को दफा १ मा जबरजस्ती करणी गर्न हुँदैन भनिएको छ । दफा २ मा कसैले कुनै महिलालाई निजको मन्जुरी नलिइ करणी गरेमा वा मन्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरका कुनै बालिकालाई करणी गरेमा जबरजस्ती करणी गरेको मानिने छ भनिएको छ । करकाप, डरधाक,होस ठेगानामा नरहेको बेला लिएको मन्जुरीलाई मन्जुरी मानिने छैन भनिएको छ । सोही महलको दफा ३ अनुसार दश वर्षभन्दा कम उमेरकी बालिका,पूर्ण अशक्त,अपाङगता भएका वा ७० वर्षभन्दा बढी उमेरका महिला भए जन्म कैद, दश वर्ष वा सोभन्दा बढी १४ वर्षभन्दा कम उमेरकी बालिका भए १८ वर्षदेखि २० वर्षसम्म, १४ वर्ष वा सोभन्दा १६ वर्षभन्दा कम उमेरकी बालिका भए १४ वर्ष, १६ वर्ष वा सोभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्षदेखि १२ वर्ष र १८ वा सोभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि १० वर्षसम्म पीडकलाई कैद हुने कानुनमा उललेख रहेको छ । सोही महलको दफा ४ मा उपदफा ( ३ ) जुनसुकै लेखिएको भए तापनि वैवाहिक सम्बिन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जबरजस्ती करणी गरेमा पाँच वर्ष कैद हुने कानुनमा उल्लेख रहेको छ ।

Shares

Be the first to comment on "जर्वजस्ती करणीका घटना दोलखामा बढ्दो"

Leave a comment

Your email address will not be published.


*