पत्रकार अर्जुन अपवाद कोरोनाबाट संक्रमित भए । अहिले उनि कोरोना संक्रमणबाट मुक्त भएका छन् । उनले स्वाव दिँदादेखि रिपोर्ट नेगेटिभ आउँदासम्मको समयलाई दैनिकीका रुपमा लेखेका छन् । उनको दैनिकीलाई हामी यो श्रृखला १५ अंकसम्म प्रकाशन गर्नेछौं।
आज २०७७ कार्तिक २१ गते । विहानै कोरोना परिक्षणका लागि अस्पताल जाने हिजोकै तयारी थियो । विहान ४ वजे नै निन्द्राले छाडेपछि फेरि ओच्छ्यानमा पल्टिएँ । निन्द्रा धेरै लागेन । ५ः३० मा फोन आउन लाग्यो । हामी कार्यालय पुग्दा केहि साथीहरु आउन बाँकि थियो । ५ः४५ मा हामी ८ जना एम्बुलेन्स चढेर अस्पतालतिर लाग्यौं । एम्बुलेन्समा चालकसमेत गरेर आठ जना भयौं । एकजना साथीलाई कोरोना पोजोटिभ देखिएपछि हामी कोरोना जाँचका लागि अस्पताल जाने तय भएको थियो । एकजना साथीको घरमा केहि दिनमा ग्रह शान्ती गर्ने कार्यक्रम रैछ । कसैगरि पोजेटिभ आयो भने उनलाई त्यो कार्यक्रम गर्न नपाइएला कि भन्ने पिरलो थियो । उनि कोरोना जाँच नै नगर्ने कि भन्नेमा कुरा गरिरहेका थिए । हाम्रा साथीहरु कोरोना जाँच त गराउनै पर्छ भनेर सम्झाउँदै थिए । उनलाई कोरोना जाँच गर्ने वित्तिकै पोजेटिभ देखिएला भन्ने पिरलो थियो । ………… धेरै बोलेका थिएनन् ।
उनि अन्तर्मुखी स्वभावका हुन् । ……….. चाँहि मलाई बोल्न हौस्याइरहेका थिए । अर्जुनले त हाँसेरै कोरोना पचाउँछ होला भनेर । उनले मलाइ भनेका थिए हेर्नुस सर कसैकसैलाई त फल्स पोजेटिभ पनि आउन सक्छ । तपाँइलाई पनि फल्स पोजेटिभ आउला है । उनका आफन्त स्वास्थ्य क्षेत्रका मानिस थिए । उनैले यो जानकारी दिएको हुनुपर्छ । स्वास्थ्य क्षेत्रकै मानिस नभएपनि जानकारी पाउने श्रोत त अहिले कत्ति कत्ति ! एम्बुलेन्सले हल्लाइरहेका बेला हामी लगभग सबैजना मजैले हाँसेका थियौं । त्यसपछि उनैले सोधेका थिए । हाँसीराख्नुहुन्छ । दिनमा कतिपटक हाँस्नुहुन्छ होला । मैले रेकर्ड गरेर गन्ति गर्नुपर्ने जवाफ फर्काएको थिएँ ।कोरोना पोजेटिभ देखिएको साथी सँगसँगै बसेका केहि साथीहरु अलिक विरामीजस्तै थिए । हामीसँगै बसेका साथी पनि विरामी थिए । अरु साथीहरुमा कुनै पनि खालको समस्या थिएन ।
अस्पतालमा पालो कुर्दै गर्दा विमलले फोन गरेको थियो । लामो समयपछि विश्वास भण्डारीसँग भेट भएको थियो । उनीसँग पनि लामै कुरा भयो । विशेष गरेर वेसार खेतीको । कम्पनी रजिष्टारमा अनलाइन गर्नुपर्ने काम थियो । कोशिशमणी न्यौपाने र प्रोणप्रताप केसीले त्यसैका लागि फोन गरेका थिए । दशैं अनि अरु सानातिना समस्याका कारण त्यो काम ढिला भइरहेको थियो । विष्णु सुवेदीको फोन आएको थियो । काम थियो रेडियो नाटक गर्नुपर्ने । यताउता भन्दाभन्दै पछि पछि धकेलिएको थियो । त्यो गर्नपरो चाँडै उनले भनेका थिए । रेडियो शैलुङ्गकी स्टेशन म्यानेजर विनिता शिवाकोटी दिदीलाई फोन गरेको थिएँ । उहाँसँग पनि नाटककै कुरा भएको थियो । त्योसँगै एकजनाको नम्बर लिनु थियो । उहाँले एसएमएस गरिदिनुभयो ।इश्वर भकुण्डेमा थियो । अनलाईनमा उसले भनेको थियो मृग केले खाइदिएछ । आमा बडा पिर मानिराख्नुभाछ । लकडाउनका बैशाखतिर बेला अरुले नै समाएर मृग हामीलाई पाल्न दिएका थिए । सुरुमा उसलाई दुधदानीले दुध ख्वाउनु परेको थियो ।आमालाई फोन गरें । बरु वनमा भागेको भएपनि हुने । मेरो त आङ्गमा नै घाम लागेको छैन । त्यसको दिन नै यत्ति रैछ । पिर नगर्नु । मैले त्यो भन्दा बाहेक अरु भन्ने कुरा पनि त थिएन । अस्पतालबाट फर्किएपछि सधैं बसेको ठाउँ बस्ने कि क्वारेन्टिन भन्ने कुरा भो । धेरै साथीहरु क्वारेन्टिनतिर लागे । म कुनै पनि लक्षण नभएका कारण सधैं बसिरहेको ठाउँतिर ।स्वाव दिएर आएपछि बसिरहेको ठाउँका घरबेटीले अव कोठा सर्नुस भने । त्यो कोठामा साथीहरु बसेका थिए । पहिला नै कुरा गरिसकेको भएर सामान सार्न त समस्या भएन । नत्र तनावै पो हुने रैछ । नयाँ सामान सारेको घरमा काम भइरहेको थियो । उनिहरुमा पनि डर भएको देखिन्थ्यो । कोठाबाट बाहिर निस्कन भएन । आफैंलाई पोजेटिभ देखियो भने अरुले नराम्ररी सराप्छन् । कोठैमा वित्यो दिन ।
Be the first to comment on "जब म कोरोना संक्रमित भए ः स्वाब दिने पहिलो दिन……….."