जफेमिलन साकोसको १८ औँ वार्षिकोत्सव तथा १२ औँ साधारणसभा सम्पन्न

दीक्षण समाचार
चरिकोट, पुस ४
तामाकोशी गाउँपालिका– ३ स्थित जफेमिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औं बार्षिकोत्सव तथा १२ औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सो समारोहमा आर्थिक तथा वार्षिक प्रगति प्रतिवेदन, लेखा सुपरिवेक्षक समितिको प्रतिवेदन प्रस्तुत गरिएको थियो । त्यसैगरी सहकारीका जेष्ठ सदस्य शिव बहादुर कार्कीलाई नगद सहित सम्मान गरिएको .थियो । समारोहमा वडाध्यक्ष राम प्रसाद काफ्ले, गाउँपालिका सहकारी संयोजक पर्शुराम कार्की, भिजन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुर्दशन पोखरेल, दियालो महिला साकोसका अध्यक्ष अम्विका पोखरेल, जनदृष्टि साकोसका अध्यक्ष कमल महत, भावना साकोसका अध्यक्ष झप्पर बहादुर महत लगायतले मन्तव्य व्यक्त गर्नुभयो ।

Shares

Be the first to comment on "जफेमिलन साकोसको १८ औँ वार्षिकोत्सव तथा १२ औँ साधारणसभा सम्पन्न"

Leave a comment

Your email address will not be published.


*