जफेमा सडक एक तर्फि मात्र

चरिकोट –दोलखाको तामाकोसी गाउँपालिका वडा नम्बर ३ जफेमा सडक भासिदा सडक एक तर्फबाट मात्र सडक संन्चालन आएको छ । गएराती बाट निरन्तर बर्षासंगै सडक भासिएको हो ।सडक डिभिजन सडक कार्यालय दोलखा , जिल्ला प्रहरी कार्यलय दोलखा , ट्राफिक प्रहरी र स्थानियको सहयोगमा सडक एकतर्फी रुपमा संचालनमा आएको हो।
आज सडक अबरुद्ध भएसँगै चरिकोटबाट मन्थली र मन्थली बाट चरिकोटका लागि हिडेका सवारिसाधन बिच बाटोमा नै रोकिएका थिए। दोलखामा लगातारको बर्षाले जनजिबन नै प्रभावित भएको छ भने केही स्थानमा पहिरोको जोखिम बढेको छ।
लामोसाघु – चरिकोट सडक खण्ड अबरुद्ध भए सगै राजधानी जोड्ने विकल्पका रुपमा चरिकोट मन्थली सडकमा सवारिसाधन संचालन हुदै आएको थिए । लामोसाँघु जिरी सडक खण्ड अन्र्तगत खाँडी चउर देखी चरिकोट निर्माणधीन सडक निर्माण व्यवसायीको लापरवाहीको कारण सडकमा यात्रा गर्न कष्टकर हुँदै आएकोले त्यस राजमार्गलाई हाल चरिकोट देखी काठमाडौ वैकल्पिक राजर्मागरुपमा सवारी साधन आवात जावत हुदै आएको छन ।

Shares

Be the first to comment on "जफेमा सडक एक तर्फि मात्र"

Leave a comment

Your email address will not be published.


*