जन्मदिनमा सामाजिक कार्य ः जुम्ल्याहा दाजुभाईद्धारा मृगौला पिडितलाई सहयोग

इश्वर बिश्वकर्मा
चरिकोट, माघ १८
अहिले हरेक मानिसले आफ्नो साथीसङ्गी, इष्टमित्र भेला गरी केक काटेर तामधामका साथ जन्मोत्सव मनाउने प्रचलन चल्दै आएको छ । कतिपयले त जन्मदिनमा ठुलै रकम खर्च गरी जन्मोत्सव मनाउने गरेका छन् । तर समाजमा यस्ता पनि मानिस छन्, जसले परिवार र साथीसङ्गीको साथमा मात्र जन्मदिनलाई उत्सवको रुपमा मनाउदैनन् । उनिहरुले समाजमा रहेका विपन्न, गरिब र रोग पिडित व्यक्तिको साथमा जन्म उत्सव मनाएर खुसी बाढँ्दै सहयोग पनि गर्ने गरेका छन् । त्यसको ज्वलन्त उदाहरण बनेका छन्, भीमेश्वर नगरपालिकाका वडा नं. ७ मकैबारीका जुम्ल्याहा (दाजु) राम बस्नेत र (भाइ) राजन बस्नेत । उनिहरु केही समयले मात्र दाजुभाइ हुन् । आइतबार उनिहरुले आफ्नो जन्मदिनको अवसरमा मृगौला पिडितलाई सहयोग गरेका छन् । उनिहरुले छिमेकी मृगौला पिडित राम कुमार चर्माकारलाई भेटेर नगद ५ हजार रुपैयाँ सहयोग गरेका हुन् । जन्मदिनको खुशी बाँढ्न मृगौला पिडितलाई नगद सहयोग गरिएको राजन बस्नेतले बताए । सामाजिक कार्य गरेर जन्मदिनलाई पुण्यको दिन बनाउने योजनाका साथ सहयोग गरिएको उनले बताए । उनले भने ”सहपाठी साथी, छिमेकीको नाता र मानवियताको नाताले थोरै भएपनि राहत होस् भनेर सहयोग गरेका हौँ ।“ राजन बस्नेत उज्यालो भविष्य संस्था दोलखाका अध्यक्ष, प्रेम–पुर्ण प्रताप फाउन्डेसनका अध्यक्ष समेत रहेका छन् । यस अघि पनि उनले विभिन्न व्यक्ती तथा संस्थामा सहकार्य गरि चर्माकारको लागि आर्थिक सहयोग उपलब्ध गराएका थिए । उनले २८ पुसमा करिब डेढ वर्ष देखि खुत्रुकेमा जम्मा गरेको पैसा निकालेर विद्यालयमा झोला वितरण गरेका थिए । राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०७३ बाट समेत सम्मानित भएका बस्नेत जिल्लालाई सहयोगापेक्षी सडक मानव मुक्त बनाउने अभियान र बालमैत्री दोलखा अभियानमा सक्रिय छन् ।
सहयाेगकाे अपिल
दुई वर्ष अघि एउटा मिर्गाैला खराब भई बिरामी भएका चर्माकारले चिकित्सकको सल्लाह बमोजिम नियमित औषधी सेवन गरिरहेका छन् ।  औषधी किन्न धेरै पैसाकाे अावश्कता पर्छ । तर पैसाको अभाव भएको छ । उनले औषधी किन्नका लागि आर्थिक सहयोगका लागि अपिल गरेका छन् । उनले भने “नियमित औषधी खाइरहनुपर्छ । तर पैसाको अभाव छ । औषधी नखाएमा म मृत्युको शिकार पनि हुन सक्छु । त्यसैले सबैले सकेको आर्थिक सहयोग गरिदिनुहोस् ।” २४ वर्षिय चर्मकार आफ्नो परिवारको आर्थिक स्थित कमजोर रहेकोले स्वदेश तथा विदेशमा रहेका नेपालीले मानवताको नाताले सहयोगका लागि अपिल गरेका छन् । उनलाई सहयोग गर्न चाहनेले उनको माेबाइल नम्बर ९८४४४६६९३४ मा सम्पर्क गर्न वा एनआइसी एसिया बैँकको खाता नम्बर सि २८७०१७७७२८५२४०१ मा रकम जम्मा गर्न सकिने छ ।

Shares

Be the first to comment on "जन्मदिनमा सामाजिक कार्य ः जुम्ल्याहा दाजुभाईद्धारा मृगौला पिडितलाई सहयोग"

Leave a comment

Your email address will not be published.


*