जन्मदिनको अवसरमा विद्यालय पोशाक सहयोग

चरिकोट –छोरीको जन्मदिनको अवसरमा अनाथ बालबालिकालाई विद्यालय पोशाक सहयोग गरिएको छ । दोलखा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष दिनेश थापा तथा उनकी श्रीमती मुना थापाले चरिकोटमा रहेको गौरीशंकर बालगृहका अनाथ बालवालिकालाई छोरीको जन्मदिनको अबसरमा शनिवार बिद्यालय पोशाक सहयोग गरेका हुन । बालगृहमा रहेका ३० जना बालबालिकालाई ब्यवसायी थापाले ८ बर्ष कि छोरी डेनिसा थापाको जन्मदिनको अबसरमा करिब ४५ हजार बराबरको बिद्यालय पोशाक सहयोग गरेका हुन। विभिन्न चाडपर्वमा परिकार सहित बालगृहमा परिवार सहित आउने र वर्र्ष्नी थापाले सहयोग गर्दै आएको बालगृहका ब्यवस्थापक सुरज बिष्टले बताए।उनको परिवारले आवश्यकता हेरेर त्यही अनुसार सहयोग गर्दै आएको बिष्टले बताए।थापा सदरमुकाम चरिकोटमा रहेर हार्डवयर लगायतका ब्यवसाय संन्चालन गर्दै आएका छन । बालगृह सङ्घठनकै बजेटबाट चल्ने भएपनि मनकारी र सहयोगी मन भएका ब्यक्तिहरुले बेला बेला सहयोग गर्ने गरेका कारण बालगृह संचालनमा थप सहयोग पुग्ने गरेको बालगृहले जनाएको छ।

Shares

Be the first to comment on "जन्मदिनको अवसरमा विद्यालय पोशाक सहयोग"

Leave a comment

Your email address will not be published.


*