जन्मदिनको अबसरमा लक्ष्मण गुभाजूद्धारा ६७ घर परिवारलाई खाद्यान्न सामग्री सहयोग

चरिकोट (दीस) – नेकपा एमालेका युवा नेता एंवम् विगुल फाउण्डेशन नेपालका संरक्षक लक्ष्मण गुभाजुले दोलखामा समाजसेबीको परिचय बनाएका छन् । दोलखामा उनले संकट परेको बेला विभिन्न माध्यमबाट सहयोग गर्दै आएका छन् ।

आफ्नो जन्म दिनको अबसरमा दोलखामा समस्या परेका नागरिकलाई जुन बेलामा पनि अाफुले सहयोग गर्ने उद्घोष गरेका छन् । देशमा कोरोनाका कारण संकटमा परेको बेला दोलखामा सहयोग अभियान मार्फत संकटमा परेका दोलखाका नागरिकलाई सहयोग गर्दै आएका उनले जन्मदिनको सेरोफेरो बनाएर जिरी नगरपालिका वडा १ र २ को ६७ घर परिवारलाई खाद्यान्न सामग्री वितरण गरेका छन् ।


कोभिड १९ को संक्रमणबाट बच्न र यसको रोकथामका लागि सरकारले लकडाउनको घोषणा गरेपछि बिहान बेलुकाको छाक टार्न नसकेका, एकल, बुढाबुढी, बाहु–आमा नभएको बालबालिका र अतिविपन्न घर परिवारका लागि चामल, दाल, नून, तेल, चिनि, साबुन र माक्स प्रति घर ३ हजार बराबरको खाद्यान्न सामाग्री राहत स्वरूप वितरण गरिएको हो ।


समाजसेवी एवम् विगुल फाउण्डेशन नेपालका संरक्षक लक्ष्मण गुभाजू (सुजन) को ३३औँ जन्मदिनको सेरोफेरो बनाएर दोलखा जिल्ला भरिका अति बिपन्न, बिहान बेलुका छाक टार्न नसकेर महिनौंदेखि चिउरा र सातुको भरमा बसेका घरपरिवारलाई राहत स्वरुप खाद्यान्न सामग्री वितरण गर्ने योजनानुसार १७ गते बिहिवार देखि राहत वितरणको शुरुआत गरिएको विगुल फाउन्डेसन नेपालका अध्यक्ष बिपना श्रेष्ठले बताइन् ।


राहत विगुल फाउन्डेसन नेपाल, डि.एस.टि नेपाल र अनुग्रह नेपालको सहयोगमा र युवा नेता एबम् विगुल फाउन्डेसनका संरक्षक लक्ष्मण गुभाजू, नेपालकै सुपिरिचित समाजसेबी, इसाई समाज दोलखाका अध्यक्ष शक्ति पाख्रिन, नेकपा एमाले दोलखा जिल्ला सचिवालय सदस्य एवम् समाजसेवी टहल थामिको पहलमा वितरण गरिएको हो ।


जिरी नगरपालिका वडा नं. १ को अध्यक्ष लाक्पा शेर्पाले भने , “गुभाजूको जन्मदिनको सेरोफेरो पारेर अति बिपन्न घरपरिवारलाई खाद्यान्न सामग्री वितरण गर्नु अत्यन्तै सर्हानीय कार्य हो ।”
गुभाजूको जन्मदिनको सेरोफेरो बनाएर खान नपाएकाहरूलाई खान दिनु र बाहु–आमा नभएको बालबालिकाले साहर पाउनु नेपालकै उदाहरणीय कार्य हो ,“यस्तो कार्यको राज्य लगाएत सबैले उचित मुल्यांकन र कदर गर्नु आबश्यकता छ । ” वडा नं. २ को कार्यबाहक अध्यक्ष आङ्ङिमा शेर्पाले भने ।”


समाजसेवी लक्ष्मण गुभाजूले भने, “आफु यस धर्तीमा सामाजिक काम गर्न नै जन्मेको हुँ र आफ्नो बास्तबिक सुखको स्रोत परोपकार रहेको अनि सामाजिक काम गर्न कुनै बार पर्खिनु नपर्ने तर पनि आफु जन्मेको जिल्लामा कोही कसै पनि भोकभोकै मर्न नपरोस् भन्ने उद्देश्यले जन्मदिनको सेरोफेरो बनाएर जिल्लाभरि खाद्यान्न लगाएको सामग्री वितरण गरेको र गर्ने छु , यो अभियान आफ्नो जीवन रहेसम्म निरन्तर चलिरहने छ ”। संकटमा परेका नागरिकलाई विगत देखी सहयोग गर्दै आएको छ , यो क्रम निरन्तर रहने छ , उनले भने ।

 

वि.सं. २०४५ साल असार २४ गते दोलखा जिल्लाको ग्रामिण क्षेत्र साबिकको श्यामा गाविस वडा नं. ६ (हाल जिरी नगरपालिका १ मा जन्मिएका लक्ष्मण गुभाजू साहित्यकार, पत्रकार, युवा राजनीतिज्ञ, समाजसेवी, बौद्धिक र सिर्जनसिल कार्यमा सरिक छन् । उनले दोलखा जिल्लामा केन्द्रित रहेर सामाजिक आन्दोलनमा लामो समयदेखि होमिएका छन् ।

Shares

Be the first to comment on "जन्मदिनको अबसरमा लक्ष्मण गुभाजूद्धारा ६७ घर परिवारलाई खाद्यान्न सामग्री सहयोग"

Leave a comment

Your email address will not be published.


*