जनहित बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको २१ औँ साधारण सभा सम्पन्न

दीक्षण समाचार÷ चरिकोट, –दोलखाको सदरमुकाम चरिकोटमा अवस्थित जनहित बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको २१ औँ साधारण सभा सम्पन्न भएको छ । २०५० मा स्थपाना भई भीमेश्वर नगरपालिका र कालिञ्चोक गाउँपालिकामा सहकारीसँग सम्बन्धित सम्पूर्ण गतिविधि गर्दै आएको संस्थाले शनिबार २१ औँ साधारण सभा सम्पन्न गरेको हो । भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धरले पानसमा बत्ती बाली साधारणसभाको उद्घाटन गर्नु भयो । सो अवसरमा उहाँले सहकारीको मूल्य, मान्यता, सिद्धान्त र स्वनियम अनुरुप सञ्चालन भई सहकारी संस्थाले नागरिकहरुको वित्तीय पहुँचमा अभिवृद्धि गर्नुका साथै आर्थिक र सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनु भयो । उहाँले देशको अर्थतन्त्रको खम्बाको रुपमा रहेको सहकारी संस्थाले छरिएर रहेका पुँजीलाई एकीकृत गरी उत्पादनमुखी र परीणाममुखी क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले नगरपालिकाले सहकारीहरुलाई सम्बोधन हुने गरी विभिन्न कार्यक्रम तथा योजना बनाएको र त्यसमा सहभागी हुँदै सहकारीले कार्यान्वयनमा सघाउनु पर्ने बताउनु भयो । वित्तीय संस्थाले दिगो विकास लक्ष्य हासिल गर्नका लागि विधिसम्मत रुपमा सक्रिय हुनु पर्ने उल्लेख गर्नु भयो । सभामा संस्थाका सचिव श्यामकृष्ण कायस्थले गत वर्षको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उहाँले सहकारीले विधिसम्मत रुपमा सञ्चालित सहकारीले प्रत्येक सदस्यहरुको आर्थिक, सामाजिक, सांस्कृतिक विकासका लागि काम गरिरहेको सुनाउनु भयो । सभामा कोषाध्यक्ष राम बहादुर ओलीले गत आर्थिक वर्षको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । ओलीद्धारा प्रस्तुत प्रतिवेदन अनुसार संस्थामा हाल दुई हजार ९ सय २७ शेयर सदस्य रहेका छन् । शेयर पूँजी ३६ करोड ६७ लाख एक सय रहेको छ । संस्थामा २७ करोड ५५ लाख ११ हजार रुपैयाँ निक्षेप रहेको छ । ३९ करोड ६६ लाख ८ हजार १ सय ४६ रुपैयाँ संस्थाले ऋण लगानी गरेको छ । सभामा अध्यक्ष दिनेश बस्नेतले स्थापनाको सुरुवाती वर्ष देखि नै चुनौती र समस्याको सामाना गर्दै सहकारीलाई यो अवस्था ल्याएको बताउँदे सहकारीलाई सूचकाङ्क र सेवामा अब्बल बनाउन आफ्नो नेतृत्व केन्द्रीत भएको सुनाउनु भयो । गत वर्ष देखि नै संस्थाले बहुउद्देश्य अनुसार हुने गरी रासायनिक मलसँगै अन्य कार्य गर्ने तयारी गरेकोले चालु आवमा बहुउद्देश्य अन्तर्गतको कुनै कार्यको थालनी गरिने जानकारी दिनु भयो ।

Shares

Be the first to comment on "जनहित बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको २१ औँ साधारण सभा सम्पन्न"

Leave a comment

Your email address will not be published.


*