जनहित बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको साधारण सभा सुरु

चरिकोट, पुस ११
दाेलखाकाे सदरमुकाम चरिकाेटमा अवस्थित जनहित बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारणसभा शनिबार शुभारम्भ गरिएकाे छ ।
कोरोना भाइरस महामारीको कारण एकै दिन सबै सदस्यहरुको उपस्थितिमा साधारण सभा गर्न नसकिने अवस्था रहेकोले सिमित शेयर सदस्य, संस्थाका पदाधीकारी तथा अतिथीको उपस्थितमा साधारण सभाकाे कार्यक्रम शुभारम्भ गरिएको हो ।
संस्थाका अध्यक्ष दिनेश बस्नेतको अध्यक्षतामा भएको साधारणसभाको उद्घाटन जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाइँले पानसमा बत्ती बालेर गरेका थिए । साधारसभाको उद्धघाटन गर्दै अध्यक्ष चौलागाइँले सहकारीले जस्तो नाम उस्तै काम गरेको भन्दै सहकारीको प्रशंसा गरे । उनले सहकारीको राम्रा र उदाहरणिय कार्यको प्रचारप्रसार गर्नुपर्ने बताएका थिए । साधारण सभा शुभारम्भ कार्यक्रममा संस्थाका सचिव श्याम कृष्ण कायस्थले वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेका थिए । त्यस्तै संस्थाको आर्थिक प्रतिवेदन संस्थाका लेखा सुपरिवेक्षण समितिका सदस्य राम बहादुर कार्कीले प्रस्तुत गरेका थिए । २३ सय ४ जना शेयर सदस्य र ७ सय ७५ जना बालसदस्य आबद्ध उक्त संस्थाको कुल पुँजी २९ करोड ५१ लाख, ९२ हजार ५५ रुपैयाँ रहेको छ । साथै संस्थाको शेयर पुँजी २ करोड ९५ लाख, ८१ हजार ३ सय रुपैयाँ रहेको लेखा सुपरिवेक्षण समितिका सदस्य कार्कीले बताए । संस्थाको लेखा सुपरिवेक्षण समितिको लेखा प्रतिवेदन लेखा सुपरिवेक्षण समतिका संयोजक गणेश कुमार श्रेष्ठले प्रस्तुत गरेका थिए । संस्थाको साधारणसभा उद्धघाटन कार्यक्रममा संस्थाका अध्यक्ष दिनेश बस्नेत, नेपाल पत्रकार महासंघ दोलखा अध्यक्ष जीवन लामाले मन्तव्य व्यक्त गरेका थिए । संस्थाको साधारण सभा एकसातासम्म सञ्चालन हुनेछ । पुस १२ गते सदस्य नं. १ देखि ७ सय सम्मका सदस्यहरु, १३ गते सदस्य नं. ७ सय १ देखि १४ सयसम्मका सदस्यहरु, १४ गते सदस्य नं. १४ सय १ देखि २१ सयसम्मका सदस्यहरु, १५ गते सदस्य नं. २१ सयभन्दा माथी नम्बर भएका सदस्यहरु संस्थाकै कार्यालयमा आई उपस्थिती जनाउनुपर्ने संस्थाले जनाएकाे छ । १७ गते छुटेका सदस्य उपस्थितिका साथै सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन हुनेछ । १८ गते अन्तिम छलफल तथा निर्णय पुस्तिका प्रमाणित गर्नुका साथै निर्वाचन परिणाम घोषणा गरि संस्थाकोे साधारणसभा सम्पन्न हुने छ ।

Shares

Be the first to comment on "जनहित बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको साधारण सभा सुरु"

Leave a comment

Your email address will not be published.


*