जनहितले मनायो १८ औ साधारणसभा

चरिकोट –दोलखाको सदरमुकाम चरिकोटमा जनहित बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो १८औ बार्षिक साधारणसभा गरेको छ । शनिबार भएको साधारणको उद्धघाटन गर्दैै भिमेश्वर नगरपालिकाका मेयर भरत के.सीले नगरपालिकाले सहकारीसँग सहकार्य गर्दै जनतालाई सर्वसुलभ सहकारी पसल संन्चालन गर्ने बताए । चरिकोटमा रहेको कृषि बजारलाई तीन खम्बे अर्थ निती अन्र्तगत सहकारीसँग सहकार्य गरेर व्यवस्थीत गर्ने बताए । साधारणसभामा संस्थाको शेयर पुँजी २२ करोड १४ लाख ३३ हजार रहेको संस्थाका अध्यक्ष दिनेश बस्नेतले बताए । हाल संस्थामा २५करोड ५६ लाख ४१ हजार ९ सय कुल पँुजी रहेको संस्थाका अध्यक्ष बस्नेतले बताए । सहकारीको शेयर पुँजी गत वर्षको तुलनामा यस वर्ष वृद्धि गर्न सफल स्ंस्थाका सचिव श्याम कृष्ण कायस्थले बताए । गत आर्थिक वर्षमा १ करोड ९५ लाख ९३ हजार छ सय रहेकोमा यस आर्थिक वर्षमा संस्थाको शेयर पुँजी २ करोड ४२ लाख ६२ हजार दुइ सय पु¥याउन सफल भएको संस्थाका सचिब कायस्थले बताए ।संस्थामा २ हजार १७ जना सदस्यले बचत गर्दै आएका छन्। अर्थभुमि र जनहित बहुउद्देश्यीय सहकारीको एकीकरणको गर्ने निर्णय भएको भए पनि साधारण सभामा सदस्यले विरोध भएको कारण स्थगन भएको जनाइएको छ ।

Shares

Be the first to comment on "जनहितले मनायो १८ औ साधारणसभा"

Leave a comment

Your email address will not be published.


*