जनसचेतन सहकारी अभियन्ता राष्ट्रिय पुरस्कारबाट दिपक प्रकाश बास्कोटा सम्मानित

नवीनकुमार खतिवडा/मैनापोखरी- दोलखाको बैतेश्वर गाउँपालिका मैनापोखरी स्थित जसचेतन बचत तथा ऋण सहकारी सस्थाले रजत जयन्ती को अबसर (२०७४) मा स्थापना गरेको जनसचेतन सहकारी अभियन्ता राष्ट्रिय पुरस्कारबाट राष्ट्रिय सहकारी माहासंघ र राष्ट्रिय सहकारी बैंकका संस्थापक अध्यक्ष सहकारी अभियान्ता एवम पुर्व गृह राज्य मन्त्री दिपक प्रकाश बास्कोटालाई सम्मान गरेको छ।सहकारी को क्षेत्रमा लागेर राष्ट्रिय योगदान पुर्याउने ब्यक्ति लाई प्रदान गर्ने उक्त पुरुस्कार को राशि २५ हजार १ रुपैया रहेको छ ।सस्थाको २९ औ स्थापना दिवस को दिन नेकपा एमाले का केन्द्रिय सदस्य तथा पुर्व मन्त्री तथा सांसद पार्वत गुरुङले उक्त पुरुस्कार प्रदान गर्नु भएको हो। जनसचेतन का अध्यक्ष हेमन्त कुमार चौलागाईं को अध्यक्षतामा भएको स्थापना दिवस तथा शुभकामना आदनप्रदान कार्यक्रम मा आफ्नो मन्तव्य राख्दै सम्मानित ब्यक्तित्व दिपक प्रकाश बास्कोटाले सहकारीले अब आफ्ना सदस्य हरुलाई उत्पादनमा लागाउनु पर्ने भन्दै यस तर्फ लाग्न सहकारी लाई आग्रह गर्नु भयो । उहाँले कृषि प्रधान मुलुकमा क्रमश जमिन बाझो हुँदै गएको र यसो हुनु राम्रो नहुने हुनाले बाझो रहेको जमीनमा माटो सुहाउँदो उत्पादन मा लाग्न आग्रह गर्दै यसतर्फ सहकारी ले लगानी गर्नु पर्ने बताउनु भयो।कार्यक्रम मा आफ्नो भनाई राख्दै सांसद पार्वत गुरुङ ले पछिल्लो समय समाजमा विभिन्न सामाजिक विकृती हरु देखा परेकोले यसको नियन्त्रणमा लाग्न सहकारीका सदस्य लाई आग्रह गर्नुभयो।राज्यको समृद्ध नेपाल सुखी नेपाली को अभियान पूरा गर्न सहकारी को पनि योगदान रहने बताउदै उहाले यो अभियान मा लाग्न सहकारी लाई आग्रह गर्नुभयो। कार्यक्रममा सस्थाका सचिब कमल बहादुर दहालले सस्थाको बार्षिक प्रगति प्रतिबेदन तथा कोषाध्यक्ष भरत केसिले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो।दोलखा जिल्ला भर कार्यक्षेत्र रहि सेवा पुर्याउदै आएको यस सहकारीले यस बर्ष मात्र दोलखा बाहेक काभ्रेपलान्चोक,भक्तपुर,काठमाडौ जिल्ला भर र ललितपुर महानगरपालिका थप गरि ५ जिल्ला कायम गरि सेवा क्षेत्र बिस्तार गरेको छ।संस्थामा हाल ३५ हजार सदस्य तथा २ अर्ब ३१ करोड कुल पुजी रहेको छ।यो सस्था सस्थाहरुको गुणस्तर सुनिश्चितता सम्बन्धि अन्तरास्ट्रिय स्तरको प्रमाणीकरण कार्यक्रम एक्सेस ब्रान्ड अन्तर्गत एसियायी ऋण माहासंघ बाट सिल्भर ब्रान्ड प्राप्त सहकारी हो..सस्थाले बचत तथा ऋणको अलवा विभिन्न सामाजिक कार्यहरुमा पनि कार्य गर्दै आएको छ।सस्थाका वरिष्ठ उपाध्यक्ष गोपालध्वज श्रेष्ठका अनुसार सस्थाले ७५ बर्ष पुगेका शेयर सदस्य हरु लाई आजिबन मासिक ५०० भत्ता जनसचेतन आजिबन साहारा उपलब्ध गराउदै आएको छ भने गरिब जेहेन्दार छात्रवृत्ति,सदस्य हरुलाई उपचार सेवा मा छुट,उत्कृष्ट बचत कर्ता,ऋणी,शेयर खरिद कर्ता सम्मान लगाएतका कार्यक्रम हरु रहेका छन साथै सस्थाले सदस्य सुरक्षा कोष कार्यक्रम मार्फत सदस्य को मृत्यु पश्चात् परिवारको आर्थिक सुरक्षा गर्ने अभिप्राय ले मृत्यु हुँदा आश्रित परिवारलाई १० हजार देखि ४० हजार सम्म प्रदान गर्दै आइरहेको छ।कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष यज्ञराज ढुंगेल,पुर्व अध्यक्ष एवं बागमती प्रदेश सहकारी संघका महासचिव भिम प्रसाद दहाल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
Shares

Be the first to comment on "जनसचेतन सहकारी अभियन्ता राष्ट्रिय पुरस्कारबाट दिपक प्रकाश बास्कोटा सम्मानित"

Leave a comment

Your email address will not be published.


*