जनसचेतनद्धारा शुभकामना आदान प्रदान

मैनापोखरी १५ असोज–दोलखाको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले बडा दशैको अबसरमा शुभकामना आदान प्रदान गरेको छ । शाखाको मुख्य कार्यालय मैनापोखरीमा भएको चियापानमा शेयर सदस्य, जनप्रतिनिधी, राजनीतिकर्मी, समाजसेवि, सहकारीकर्मी, विद्यालय, वित्तीय संस्था र विभिन्न पेशाकर्मीको सहभागिता रहेको थियो । सहकारीका अध्यक्ष भीम प्रसाद दहालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष हेमन्त चौंलागाईले संस्थाले २६ वर्षको दौरानमा १४० करोड पँुजी परिचालन गरी दोलखा जिल्ला भर २८ हजार सदस्य माझ मूख्य कार्यालय सहित १३ वटा सेवा केन्द्र मार्फत सेवा प्रदान गर्दै आएको र दोलखा जिल्लाको दूर दराजमा रहेका वित्तीय पहुँचन पुगेका जनताहरुलाई सेवा पु¥याउनका लागि तत्काल ५ वटा थप सेवा केन्द्र विस्तार गरी सेवा प्रदान गर्ने बताए । कार्यक्रममा जनमुखी सहकारीका अध्यक्ष सिताराम दहाल ,हनुमन्तेश्वर मा. वि.का प्रधानध्यापक गोपालध्वज श्रेष्ठ, पहाडी बालीविकास कार्यक्रमका हरिहर न्यौपाने, बैतेश्वर गाँउपालिकाका अधिकृत विक्रम कार्की, नेकपा दोलखाका नेता ऋषिकेश उप्रेती र माधव प्रसाद दहाल तथा बैतेश्वर वडा नं. ४ र ५ का वडाध्यक्ष कुमार चौंलागाई र माधब बहादुर बस्नेत लगायतले शुभकामना व्यक्त गरेका थिए ।

Shares

Be the first to comment on "जनसचेतनद्धारा शुभकामना आदान प्रदान"

Leave a comment

Your email address will not be published.


*