जनमुखी साकोसमा सर्वसम्मत नेतृत्व चयन

चरिकोट (दीस)ः दोलखाको वैतेश्वर गाउँपालिका ५ मैनापोखरीमा मुख्य कार्यालय रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थामा सर्वसहमत नेतृत्व चयन भएको छ । अध्यक्ष पदका लागि दुई जनाको उम्मेदवारी कायम भए पनि मंगलबार उम्मेदवार सिताराम दहालले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि सहकारीमा नेतृत्व सर्वसहमत रूपमा चयन भएको हो । सहकारीको कार्यसमितिका अन्य पदाधिकारीहरू र सदस्यहरूमा भने यसअघि नै सर्वसहमत चयन भइसकेको थियो। बरिष्ठ उपाध्यक्षमा गीता कृष्ण शर्मा, महिला उपाध्यक्षमा कृष्णकुमारी बस्नेत, सचिवमा लक्ष्मण चौँलागाई, सहसचिवमा मोहनकुमार खड्का, र कोषाध्यक्षमा तोयानाथ दाहाल चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ । त्यस्तै, सदस्यहरूमा रमेश बस्नेत, तारादेवी बस्नेत, अर्जुन काफ्ले, सावित्री घिमिरे, कमल चौलगाई, गीता भुजेल, यज्ञराज खतिवडा, मन्दिरा दहाल, र सुमन कुमार मोक्तान निर्वाचित हुनुभएको छ।लेखा सुपरीवेक्षण समितिको संयोजकमा माधवप्रसाद दाहाल, र सदस्यमा विन्दा पराजुली र केशब दाहाल निर्वाचित हुनुभएको छ। निर्वाचन समितिले जनाएअनुसार, यस पटकको नेतृत्व चयन पूर्ण रूपमा सर्वसहमत रूपमा भएको निर्वाचन समितिका संयोजक देवी प्रसाद फुयालले जानकारी दिनु भयो ।

Shares

Be the first to comment on "जनमुखी साकोसमा सर्वसम्मत नेतृत्व चयन"

Leave a comment

Your email address will not be published.


*