जनमुखी साकोसमा अध्यक्ष पदमा दुई जनाको उम्मेद्वारी

चरिकोट ( दीस) ः दोलखाको वैतेश्वर गाउँपालिका ५ मा मुख्य कार्यालय रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष पदमा २ जनाको उम्मेद्वारी कायम भएको छ । अध्यक्ष पदमा माधव प्रसाद दाहाल, सीताराम दाहाल र बालकुमार दाहालको उम्मेद्वारी परेको भएपनि निर्वाचन समितिले बालकुमार दाहाललाई अयोग्य ठहर गरेपछि अध्यक्ष पदमा २ जनाको उम्मेद्वारी कायम भएको हो । निर्वाचन नीति २०८० को दफा ७ को उपदफा (ढ) र (ण) अनुसार अयोग्य ठहर भएकोले बालकुमार दहालको उम्मेद्वारी रद्ध गरिएको निर्वाचन समितिका संयोजक देवी प्रसाद शर्माले जानकारी दिनु भयो । साकोसका अन्य पदाधिकारी पदमा भने निर्विरोध चयन भएको छ । वरिष्ठ उपाध्यक्षमा गाीताकृष्ण शर्मा ,महिला उपाध्यक्षमा कृष्णकुमारी बस्नेत, सचिवमा लक्ष्मण चौँलागाई, सहसचिवमा मोहनकुमार खड्का र कोषाध्यक्षमा तोयानाथ दाहाल एकल उम्मेद्वारी कायम भएपछि उहाँहरु निर्विरोध चयन हुनु भएको हो । त्यसैगरी सदस्यमा रमेश बस्नेत, तारादेवी बस्नेत , अर्जुन काफ्ले ,सावित्री घिमिरे,कमल चौलगाई ,गिता भुजेल,यज्ञराज खतिवडा, मन्दिरा दहाल,र सुमन कुमार मोक्तान निर्वाचित हुनु भएको छ । लेखा सुपरीवेक्षण समितिको संयोजकमा माधवप्रसाद दाहाल र सदस्यमा विन्दा पराजुली र केशब दहालको मात्र उम्मेद्वारी कायम भएपछि उहाँहरु निर्वाचित हुनु भएको निर्वाचन समितिले जनाएको छ ।

Shares

Be the first to comment on "जनमुखी साकोसमा अध्यक्ष पदमा दुई जनाको उम्मेद्वारी"

Leave a comment

Your email address will not be published.


*