जनमुखी बचत तथा ऋण सहकारीकाे अध्यक्षमा अब कसले बाजी मर्ला ?

चरिकोट /अनिल दहाल –दोलखाको बैतेश्वर गाउँपालिका ५ मा मुख्य कार्यालय रहेको जनमुखी बचत तथा ऋण लि मा नयाँ नेतृत्वको अध्यक्षकाे  लागि २ जनाकाे मनाेनियन परेकाे छ  । हाल रहेको संन्चालक समितिको  ४ बर्षिय कार्यकाल सकिएको छ । संन्चालक समितिको नयाँ नेतृत्वको लागि आज मनोनियनको लागि निर्वाचनको कार्यतालिका तोकिएको थियो ।आज १५ सदस्यीय संन्चालक समितिको बिभिन्न पदमा उम्मेदवारी परेको निर्बाचन समितिले बताएको छ । निर्वाचन समितिले आज सार्बजनिक गरेको नामावलीमा संन्चालक समितिको अध्यक्षको लागि २ जनाले उम्मेदवारी दर्ता गरेका छन् । हालका अध्यक्ष सिताराम दहाल र पुर्ब अध्यक्ष माधब दहालले अध्यक्षको लागि उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा गिता कृष्ण शर्मा ,माधव प्रसाद दहाल र शंकर बस्नेतले उम्मेदवारी दिएका छन् । सचिबमा लक्षण चौलागाई , कोषाध्यक्षमा राजन के.सी .सहसचिबमा विशालराज गिरी निर्बिरोध निर्वाचित भएका छन् । सदस्यहरुमा बैतेश्वर १ र २ मन्जु गिरी , बैतेश्वर ६ र ७ बाट गोमा दहाल घिमिरे , बैतेश्वर ८ र गौरी शंकरबाट टीका खत्री र मोहन खडका जिरीबाट निर्बिरोध निर्वाचित भएका छन् । अरु संन्चालक समितको सदस्यमा एक आपसमा उम्मेदवारी परेको छ ।

३ सदस्यीय लेखा समितिमा २ जना सदस्यमा निर्बिरोध भएका छन् । जसमा घनश्याम घिमिरे र प्रेम न्यौपाने रहेका छन् । लेखा संयोजकमा टिकाराम घिमिरे र प्रशान्त चौलागाईले आफ्नो उम्मेदवारी दिएको निर्बाचन संयोजक तारा पन्तले जानकारी दिए । सहकारीमा २५ हजार सदस्य रहेका छन् । यो सहकारी प्रोबेशन प्राप्त सहकारी हो । सहाकारीको कुल वासलत ९० करोड रहेको छ ।

Shares

Be the first to comment on "जनमुखी बचत तथा ऋण सहकारीकाे अध्यक्षमा अब कसले बाजी मर्ला ?"

Leave a comment

Your email address will not be published.


*