जनमुखि सहकारीमा ३१ सय ९२मत खस्याे

मैनापोखरी (अनिल दहाल ) –दोलखाको बैतेश्वर गाँउपालिका वडा नम्बर ५ मा रहेको जनमुखी ऋण सहकारी संस्थामा अध्यक्ष सहित पाँच संञ्चालक समितिमा आज भएको निर्वाचनमा ३हजार १ सय ९२ जनाले मतादान गरेका छन् । १७ हजार सदस्य रहेको सहकारीमा १२ हजार ५ सय १२ जनाले शेयर सदस्यले आज मतादान गर्न पाउने भए पनि आज ३हजार १ सय ९२ जनाले मतादान गरेको निर्वाचन समितिका सदस्य राम प्रसाद भण्डारीले जानकारी दिए । आज अध्यक्ष पदका लागि बर्तमान अध्यक्ष सिताराम दहाल र निर्वतमान अध्यक्ष माधब प्रसाद दहाल विच प्रतिस्पर्धा भएको थियो । त्यसैगरी उपाध्यक्षमा गिताकृष्ण शर्मा र शंकर बस्नेत बिच प्रतिस्पर्धा भएको थियो । सदस्यमा यमबहादुर घिमिरे , राजन कुमार दहाल ,रबिन दहाल बैतेश्वर ५ बाट ,नबराज खडका , कमल प्रसाद चौलागाई ,दधिराम घिमिरे बैतेश्वर ६ र ७ बाट र जनजाति कोटामा ढलक बहादुर जिरेल र गीता भुजेल विच प्रतिस्पर्धा भएको निर्वाचन समितिका संयोजक तारा पन्तले जानकारी दिए ।आज नै मत गणना हुने पनि उनले जानकारी दिए ।

Shares

Be the first to comment on "जनमुखि सहकारीमा ३१ सय ९२मत खस्याे"

Leave a comment

Your email address will not be published.


*