जनप्रनिधिहरुलाई स्वास्थ्यबारे क्षमता अभिवृद्धि कार्यक्रम सुरु

ईश्वर बिश्वकर्मा
चरिकोट, असार १९
दोलखा सदरमुकाम चरिकोटमा स्थानिय पालिकाका जनप्रतिनिधीहरुलाई स्वास्थ्य कार्यक्रमबारे २ दिने क्षमता अभिवृद्धि तथा अभिमुखिकरण कार्यक्रम सुरु भएको छ ।
स्थानिय जनप्रतिनिधीलाई स्वास्थ्य सम्बन्धी जानकारी दिन र आगामी बजेटले स्वास्थ्य सम्बन्धी सेवा अगाडी बढाउन कार्यक्रमको आयोजना गरिएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका खोप अधिकृत राजाराम कार्कीले बताए ।
जनताहरुको स्वास्थ्य सेवा प्रति जनप्रतिनिधीको भुमिका र क्रियाकलाप लगायतका विषयमा जानकारी दिनुका साथै जनतालाई स्वास्थ्य सेवा गुणस्तरिय कसरी उपलब्धता गराउने विषयमा जानकारी दिने उक्त कार्यक्रमको उद्देश्य रहेको कार्कीले बताए ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय दोलखाका खोप अधिकृत राजाराम कार्की, जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक पुण्य प्रसाद काफ्ले, मेडिकल अफिसर गौतम उप्रेती, प्राथमिक स्वास्थ्य केन्द्र दोलखाकी स्टाफ नर्स जेनी श्रेष्ठले स्वास्थ्य सम्बन्धी जानकारी दिए ।
कार्यक्रममा नेपालको संविधानमा स्वास्थ्य सम्बन्धी नीति, व्यवस्था तथा प्रावधान, रोग, बालरोग, पोषण, सुरक्षित मातृत्व, प्रजनन, आयुर्वेदकसम्बन्धमा जानकारी, समुदायको स्वास्थ्यमा जनप्रतिनिधीको भुमिका र स्थानिय तहको दायित्व लगायतको विषयमा जनप्रतिनिधीहरुलाई जानकारी दिएको छ ।
भीमेश्वर नगरपालिकाका निमित्त कार्यकारी प्रमुख तथा शिक्षा शाखाका शाखा अधिकृत अर्जुन बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख डम्बर थोकर, भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेत लगायत भीमेश्वर नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्ष, वडा सदस्यसहित करिब ४५ जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय दोलखाको आयोजनामा भएको सो कार्यक्रम शुक्रबारसम्म चल्ने जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक पुण्य प्रसाद काफ्लेले जानकारी दिए ।

Shares

Be the first to comment on "जनप्रनिधिहरुलाई स्वास्थ्यबारे क्षमता अभिवृद्धि कार्यक्रम सुरु"

Leave a comment

Your email address will not be published.


*