जनप्रतिनिधी र सबै कर्मचारीको कोरोना बिमा गरिने

ईश्वर बिश्वकर्मा
चरिकोट, जेठ २५
दोलखाको मेलुङ गाउँपालिकाले पालिकाका सबै जनप्रतिनिधी र कर्मचारीको कोरोना बिमा गराइदिने भएको छ ।
जेठ ११ गतेको गाउँपालिका कार्यपालिकाको बैठकले विश्वव्यापी रुप लिएको कोरोना भाइरस अर्थात् कोभिड १९ संक्रमणलाई मध्यनजर गरि जनप्रतिनिधी र कर्मचारीको कोरोना बिमा गराउने भएको हो ।


गाउँपालिकाको सबै जनप्रतिनिधी, स्थायी, अस्थायी र करार सबै कर्मचारीहरुको १ वर्षसम्मको लागि १ लाख रुपैँयासम्मको कोरोना बिमा गराउन लागिएको गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठले बताए । जनतासँग प्रत्यक्षसम्पर्क रही काम गर्नुपर्ने भएकाले जनप्रतिनिधी र कर्मचारीहरुको हुने भएकाले मनोबल कमजोर बन्न सक्छ । सोही कुरालाई मध्यनजर गरि कोरोना बीमा गर्न लागिएको उनले बताए ।

Shares

Be the first to comment on "जनप्रतिनिधी र सबै कर्मचारीको कोरोना बिमा गरिने"

Leave a comment

Your email address will not be published.


*