जनप्रतिनिधी जिम्मेवारी समाल्दै

बाबुराम शर्मा(चरिकोट) –गत वैशाख ३०गते सम्पन्न स्थानीयतहको निर्वाचनमा विजय भएका दोलखाका दुई नगरपालिका र सात गाउँपालिकाका जनप्रतिनिधि शपथ ग्रहण सकेर आफ्नो पालिका तथा वडाको जिम्मेवारी सम्हादै काममा लागेका छन् । जिल्ला न्यायाधीश एवं स्थानीयतह निर्वाचन दोलखाका मुख्य निर्वाचन अधिकृत कवि प्रसाद न्यौपानेबाट एकै साथ शपथ ग्रहण गरेका नौ पालिका प्रमुखले अहिले आफ्नो पालिकाको कार्यभार सम्हाल्दै पालिकामा निर्वाचित अन्य पदका जनप्रतिनिधिलाई पनि शपथ खुवाएर काम गर्न सुरु गरेका बताइएको छ । जिल्लाको सदरमुकाम चरिकोट स्थितको भीमेश्वर नगरपालिका प्रमुख ईश्वरनारायण मानन्धरले नगर उप्रमुख सहित नौवडाका वडाध्यक्ष र वडा सदस्यहरुलाई शपथ खुवाएपछि आ–आफ्नो वडामा गएर जिम्मेवारी अनुसार काम सुरु गरेका छन् ।जिल्लाको गौरीशङकर गाउँपालिका अध्यक्ष विश्वास कार्कीबाट शपथ खाएका गाउँपालिका उपाध्यक्ष,सबै वडाध्यक्ष र वडा सदस्यहरुले वडामा गई काम सुरु गरिसकेका छन् । जिरी नगरपालिका नगरप्रमुख मित्र जिरेलले पनि नगरउपप्रमुख सहित नौ वडाका वडाध्यक्ष,वडा सदस्यहरुलाई शपथ खुवाएर दत्तचित्त भएर जनताको काम गर्न निर्देशात्मक आग्रह गर्नु भएको छ । बैतेश्वरमा जनप्रतिनिधीले जिम्मेवारी समालेका छन् । तामाकोशि गाउँपालिका अध्यक्ष प्रोणप्रताप केसी, मेलुङ गाउँपालिका अध्यक्ष हीराकुमार थोकर, शैलुङ गाउँपालिका अध्यक्ष रिमालबाबु श्रेष्ठ,कालिञ्चोक गाउँपालिका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटी र बिगु गाउँपालिका अध्यक्ष सञ्जीव ओलिले पनि निर्वाचित सबै जनप्रतिनिधिहरुलाई शपथ खुवाएर आ–आफ्नो वडामा गएर काम सुरु गर्न आदेशात्मक आग्रह गर्नु भएको छ ।

Shares

Be the first to comment on "जनप्रतिनिधी जिम्मेवारी समाल्दै"

Leave a comment

Your email address will not be published.


*