जनतालाई दुख नदेउ

सरकारले असारसम्म पहिलो किस्ता लिएका भुकम्पपिडितलाई दोस्रो किस्ता लिन असारसम्म उर्दी जस्तै लगाएको छ । सो अवधीमा घर नवाएमा तेस्रो किस्ता लिन नपाउने बताएको छ । दोलखामा सरकारबाट अनुदान पाएको अनुदान पाउन जनताले हैरानी खेप्दै आएका छन ।
कतिपय स्थलमा प्राबिधिक गाँउमा नबस्दा जनताले हैरानी खेप्दै आएका छन । त्यस तर्फ स्थानीय सरकारको समेत सरोकारको विषय हो । जननिर्वाचित जनप्रतिनिधीले त्यस विषयमा गम्भिर हुनै पर्दछ । अर्को समस्या रुपमा दोलखामा जनताले वैकको कारण पनि हैरानी खेप्दै आएका छन । भूकम्पको रकम लिन पनि उनीहरुलाई कष्ट हुने गरेको छ । वैकमा हप्ता दिनौ पर्खेर मात्र जनताले रकम पाउने पाउने गरेको छ । दोलखाको मैनापोखरी एउटा मात्र बैक हुँदाम जनताले भुकम्प पिडितले पाउने रकम लिन हैरानी भएको खबर आएको छ ।
जनताले सरकारवाट पाउको रकम महिना दिनसम्म कुर्नू आफैमा कस्तो कष्टकर विषय हो । यो दोलखाको प्रतिनिधी घटना मात्र हो घर र्मिाण भएका बनेको ३ महिना बिति सक्दा समेत तर बैंकबाट सरकारले दिएको अनुदान नपाउनु र फलामको चिउरा चपाउनु उस्तै भएको छ । जनता भूकम्प पीडितको किस्ता लिन पाएको सास्तीले अहिले स्थानीयहरु बैंकको नाम सुन्ने बित्तीकै तर्सिने अवस्था छ । भूकम्प पीडितहरुलाई बैंकहरुले दोस्रो दर्जाको नागरिकको व्यवहार गर्छन् । भित्र खाली नै हुँदा पनि व्यापारीको गोदाम घरको अध्यारो कुनामा लाइन राख्ने गरेका छन् । किस्ता लिनका लागि भूकम्प पीडितहरु धेरै दिन भोकै लाइन बस्नु परेको छ । विहान झिसमिसेमै आएर लाइन बस्न पीडितहरु आइपुग्छन् । कोही कोही उज्यालो हुने वित्तिकै छिरेर राती ८ बजेसम्म मुखमा पानी समेत हाल्न नपाइ रित्ते फर्कने स्थानीय बताउदा समेत सरोकारवाला निकाय मुखदर्सक बन्नुु आफ्ै गम्भिर विषय हो । वैकहरुले जनतालाई रकम वितरण गरे वापत एक जना पिडित बाट ५ सय कमिशन पाउने गरेका छन । जनताको काम गर्दछु भनेर सरकारसँँग कबोल गर्ने काम ढिलासूस्ती गर्नु पनि चरम लापरवाही नै हो । आर्थिक संङकटको बाहना जनताको पैसा होल्ड गरेर जनतालाई दुख दिने काम बैकले वन्द गर्नु जरुरी रहेको छ र सरोकारवाला निकायले त्यस तर्फ ध्यान दिनु जरुरी रहेको छ ।

Shares

Be the first to comment on "जनतालाई दुख नदेउ"

Leave a comment

Your email address will not be published.


*