जनताको समर्थनले एमालेको मनोबल र आत्मविश्वास बढेको छ ः अध्यक्ष ओली

चरिकोट (दीस) ः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको समर्थनले एमालेको मनोबल र आत्मविश्वास बढेको बताउनुभएको छ । झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा सोमबार दोलखाको चरिकोटमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । कालिञ्चोक भगवती र दोलखा भीमसेनको आशीर्वादप्राप्त दोलखा धार्मिक र प्राकृतिक हिसाबले भरपुर रहेको ओलीको भनाई थियो । दोलखाको समस्या सरकारले केही जनमैत्री काम नगरेको आरोप लगाउनु भयो । गठबन्धन सरकारले देश विकासमा असफल भएको बताउनु भयो । १२ दिनदेखी सुरु गरेको यात्राका क्रममा नागरिकले माया, ममता, स्वागत र आत्मीयपन देखाएकोले एमाालेलाई उर्जा मिलेको उहाँले बताउनु भयो । एमालेको यात्राका क्रममा बालबालिकाको सहभागितालाई लिएर बालबालिका प्रयोग गरिएको भनि गरिएको कतिपय संन्चार माध्यमले प्रचार गरेको भन्दै एमालेले सुरु गरेको यो अभियान राष्ट्रिय उत्सवको अभियान भएकाले त्यसमा बालबालिकाले उत्सव हेर्नको लागि सहभागिता जनाउनु स्वाभाविक भएको उहाँले दाबी गर्नु भयो । यो अभियान देश भर मेला जस्तै भएको अध्यक्ष ओलीको भनाई रहेको छ । अध्यक्ष ओलीले युवालाई देशमै राख्ने वातावरण बनाउनु पर्नेमा जोड दिनुभयो ।युवा विदेश गएर नै देशको निर्माण हुन नसक्ने उहाँको भनाई रहेको छ

। राजनीतिक पार्टीले अब विकास र सामाजिक सुधारको अभियन्ताका रूपमा काम गर्नुपर्ने उहाँको भनाइ थियो । नेपालमा एमाले मात्रै देशको कम्युनिष्ट पार्टी भएको उहाँले दाबी गर्नु भयो । अर्को प्रसंगमा ओलीले देशको आर्थिक अबस्था विग्रदै गएको बताउनु भयो । अहिले सरकारले कर्मचारीलाई तलब समेत ऋण काढेर दिनु पर्ने अबस्था आएकोले देशको अवस्था संकटमा रहेको पुष्टि भएको ओलीको भनाई रहेको छ ।“ यो सरकारले कसैले ढाल्नै पर्दैन , यो आफै ढल्छ अध्यक्ष ओलीले भन्नु भयो , हामी सरकारमा जाने हतारमा छैनौँ ,”। अध्यक्ष ओलीले भन्नु भयो ,“म प्रधानमन्त्री हुँदा शान्ति प्रक्रिया टुंग्याउ भने , तर प्रचण्ड जी र शेर बहादुर जीले शान्ति प्रक्रिया टुंग्याउन दिनु भएन , अबको शान्ति प्रक्रिया पीडित केन्द्रीत हुनु पर्दछ ।”

चरिकोटमा भएको जनसभा कार्यक्रममा एमाले दोलखाका संयोजक नर बहादुर श्रेष्ठले यात्रामा दोलखा आउनु भएका नेता तथा कार्यक्रतालाई स्वागत गर्नु भएको थियो । दोलखा प्रदेश ख सांसद भरत के.सीले दोलखामा रहेका समस्याबारे अध्यक्ष ओलीलाई अबगत गराउनु भएको थियो । अध्यक्ष ओलीलाई दोलखाको खरिढुंगा, पीपलबोट ,तामाकोसी ,सितलीमा तथा जिल्ला अन्य स्थानमा स्वागत गरिएको थियो ।एमालेको बैतडीको झुलाघाटबाट मङ्सिर १४ गते सुरु यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको एमालेको भनाई रहेको छ ।

Shares

Be the first to comment on "जनताको समर्थनले एमालेको मनोबल र आत्मविश्वास बढेको छ ः अध्यक्ष ओली"

Leave a comment

Your email address will not be published.


*