छोराको हत्या गरेको आरोपमा बावु पक्राउ

चरिकोट–दोलखाको शैलुङ गाउँपालिकामा छोराको हत्या गरेको आरोपमा बावु पक्राउ परेका छन । सो गाउँपालिकाको ४ का वर्ष २२ का बेद बहादुर रेग्मीको हत्याको अभियोगमा उनका बाबुलाई जिल्ला प्रहरी कार्यालय दोलखाले पक्राउ गरेको हो । घटनामा संलग्न भएको आरोपमा वर्ष ४४ का चुडा बहादुर रेग्मीलाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । छोरा जन्मजातै बोल्न नसक्ने भएको र जहाँतही फोहोर दिसा पिसाव गरी हिडेको निँहुमा छोराको हत्या गरेको बयान दिएको जनाइएको छ । घरमा फोहोर गरेको निहुँमा आवेशमा आई बावुले घरमै रहेको हथौंडा ह्यामरले टाउकोमा प्रहार गर्दा तत्कालै मृत्यू भएकोे स्वीकारगरेको प्रहरीले बताएको छ । ज्यान सम्बन्धी कसुरमा बावुलाई मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको दोलखाका प्रहरी प्रमुख बासुदेव पाठकले बताए ।

Shares

Be the first to comment on "छोराको हत्या गरेको आरोपमा बावु पक्राउ"

Leave a comment

Your email address will not be published.


*