छोपा बामरे हिमाल आरोहण गर्ने टोली सम्मानित

चरिकोट (दीस) ः ‘छोपा बामरे’ हिमालको सफल आरोहण गरि फर्केका विगु गाउँपालिकाका अध्यक्ष सहित ६ जना सम्मानित भएका छन् । चरिकोटमा भईरेहको बृहत दोलखा महोत्सवको अवसरमा उहाँहरुलाई सम्मान गरिएको हो । दोलखाको विगु गाउँपालिका –१ स्थित लामाबगरको उत्तरपश्चिममा अवस्थित ६ हजार १ सय ९ मिटर उचाईको ‘छोपा बामरे’ हिमालको हालै अध्यक्षको टोलीले सफल आरोहण गरेको थियो । आरोहण टोलीमा रहेका मध्ये ६ जना विगु गाउँपालिकाका अध्यक्ष सन्जिव ओली, सगरमाथा आरोही लिला बहादुर बस्नेत, निमा ग्याल्जेन शेर्पा, फुर्वा थिले शेर्पा, भविन्द्र खड्का, लाक्पागेली शेर्पा रहेका थिए । आरोहण टोलीलाई जिल्ला समन्वय दोलखाका प्रमुख वर्जुराम घतानीले सम्मान गर्नु भएको थियो ।

Shares

Be the first to comment on "छोपा बामरे हिमाल आरोहण गर्ने टोली सम्मानित"

Leave a comment

Your email address will not be published.


*