छैटौ दोलखा रेटिङग् चेस कप २०७५ प्रतियोगिता चरिकोटमा शुरु

चरिकोट–छैटौ दोलखा रेटिङग् चेस कप २०७५ प्रतियोगिता शनिबारबाट चरिकोटमा शुरु भएको छ । दोलखा बुद्धिचाल संघको आयोजनामा “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रकाका लागि खेलकुद ”भन्ने नाराका साथ खेलकुद बिकास समिति दोलखाका पुर्व अध्यक्ष स्वर्गिय श्याम बहादुर श्रेष्ठको स्मृतीमा प्रतियोगिता आयोजना भएको हो ।

प्रतियोगिताको भिमेश्वर नगरपालिका मेयर भरत बहादुर के.सीले उद्धघाटन गर्दै नगरपालिका खेलकुदलाई अगाडी बढाउन सधै तयार रहेको बताए । सबैको सहकार्यमा नगरपालिकाले अगामी बर्षदेखी खेलकुद बिकासको लागि तालिका बनाएर प्रतियोगिता गर्ने उनले बताए । दोलखा उद्योग बाणिज्य संघका अध्यक्ष सुन्दर कार्कीले खेलकुद बिकासले सभ्य समाज निर्माण सहयोग पुग्ने बताए । दोलखा बुद्धिचाल संघका अध्यक्ष गोबिन्द श्रेष्ठले चेस बिकासको लागि यस्ता प्रतियोगिता हुनु पर्ने बताए । प्रतियोगिता गर्न बजेटको अभाब रहेको र सबै निकायले सहयोग गर्नू पर्ने श्रेष्ठले बताए । प्रतियोगितमा ३ जिल्लाका चेस खेलाडीको सहभागिता रहेको छ ।

Shares

Be the first to comment on "छैटौ दोलखा रेटिङग् चेस कप २०७५ प्रतियोगिता चरिकोटमा शुरु"

Leave a comment

Your email address will not be published.


*