तुल्सि लालस्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचालको उपाधि दोलखा चेसहोम नेपाललाई

काठमाडौ (दीस)ः ललितपुरस्थित तुल्सिलाल स्मृती प्रतिष्ठानमा भएको छैटौँ तुल्सिलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिताको उपाधि दोलखा चेस होम नेपालले जितेको छ । शनिबार भएको फाइनल खेलमा भक्तपुर जिल्ला बुद्धिचाल सङ्घलाई पराजित गर्देै उसले उपाधि जितेको हो ।

उपाधि जित्ने क्रममा दोलखाले भक्तपुरलाई ३-५ र ०-५ ले पराजित गर्यो।  टिमलाई उपाधि जिताउने क्रममा दोलखामा वर्तमान नेपाल च्याम्पियन रुपेस जैसवालले युवा खेलाडी पुरुसोत्तम सिलवाललाई पराजित गर्दा दोलखाका सुश्रुत दहाल भक्तपुरका विकास चोकामीसँग बराबरी खेले। 

त्यस्तै दोलखाका मुहान नर्सिङ श्रेष्ठ र सुजना लोहनीले क्रमशः भक्तपुरका स्वर्णिम दुवाल अभिक शाहलाई पराजित गरे । अर्को खेलमा मकवानपुर जिल्ला चेस संघलाई २-५ र  १-५ ले पराजित गर्दै कोशी प्रदेश प्रतियोगितामा तेश्रो भएको छ । 

। प्रथम भएको दोलखा चेस होम नेपालले दुई लाख तथा उपविजेता भक्तपुरले एक लाख २० हजार सहित शिल्ड मेडल प्रमाण जितेको छ । प्रतियोगितामा १९ क्लबले प्रतिस्पर्धा गरेका थिए ।

Shares

Be the first to comment on "तुल्सि लालस्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचालको उपाधि दोलखा चेसहोम नेपाललाई"

Leave a comment

Your email address will not be published.


*