च्यामाका किसान व्यबसायीक बन्दै, दैनिक ३ सय लिटर दुध चरिकोटमा

च्यामा, १३ चैत
दोलखाको दक्षिणी गाउँ च्यामामा दैनिक ३ सय लिटर दुध संकलन गरेर चरिकोट पठाउँन थालिएको छ । स्थानीय किसानहरुबाट संकलित दुध दोलखा दुग्ध उद्योगले लिने गरेको छ । स्थानीयले किसानहरुको दुध संकलनका लागि च्यामामा दुध संकलन केन्द्र नै खोलेका छन् ।
तामाकोसी गाउँपालिका वडा नं. ६ मा रहेको दुध संकलन केन्द्रमा दैनिक ७५ जना किसानले दुध ल्याउने गरेको दुध संकलन केन्द्रका अध्यक्ष चामप्रसाद आपागाईले जानकारी दिए । किसानहरुले ल्याएको दुध संकलनका लागि अहिले च्यामामा एक हजार लिटरको चिस्यान केन्द्र समेत स्थापना भएको छ । चिस्यान केन्द्र(चिलिङ भ्याट)  र दुधको फ्याट नाप्नका लागि मिल्क एनालाइजर समेत राखिएको छ ।
संकलन केन्द्रका अध्यक्ष आपागाईले दुध बोकेर आएका किसानहरु कोही पनि दुध लिएरै फर्कनु नपर्ने बताए । मिल्क एनालाइजरबाट मापन गरेर उसले ल्याएको दुध मापन गरी सोही अनुसार भुक्तानी गर्ने गरेको बताए । स्वचालित प्रकारको मिल्क एनालाइजरले दुध र पानीको मात्र सजिलै पत्ता लगाउँछ ।
दुध चिस्यान केन्द्रका लागि ५ लाख लगानी भएको छ भने मिल्क एनालाइजरका लागि एक लाख खर्च भएको छ । किसानहरुको दुध मापन गरी चिस्यान केन्द्रमा राखिन्छ । त्यसलाई दोलखा दुग्ध उद्योगले हरेक ३ दिनमा दुघ संकलन गरी चरिकोट ल्याउने गरेको छ ।
चरिकोटबाट ४० किलोमिटरको दुरीमा रहेको च्यामा पुग्न भीरकोटदेखि २० किलामिटर कच्चि सडक जानु पर्छ । किसानले बिक्रीका लागि ल्याएको दुध फ्याट अनुसार प्रति लिटर ४० रुपैंयादेखि ५५ रुपैया भुक्तानी दिने गरेको छ ।
दुध संकलनका लागि स्थानीय प्रगतिशिल बचत तथा ऋण सहकारी संस्थाले व्यवस्थापन गरेको छ । अहिले दुध संकलन केन्द्र र घाँसको बीऊ विजन सहित भेटेनरी पसल समेतसँगै स्थापना भएको छ । विहान दुध लिएर आउँने किसानहरुले आवश्यक औषधी, दाना, घाँसका बीऊ किनेर लैजाने गरेका प्रगतिशिल साकोसका अध्यक्ष बालकृष्ण शर्माले जानकारी दिए ।
दुध संकलन केन्द्र र पसल राख्नका लागि अहिले सहकारीका लागि छुट्टै भवन समेत निर्माण गरिएको छ । मर्सिकोर र ग्रामीण उद्यम विकास केन्द्रको सहयोगमा भवन निर्माण र चिस्यान केन्द्र स्थापना भएको हो । सोमबार तामाकोसी गाउँपालिकाका अध्यक्ष इश्वरचन्द्र पोखरेलले चिस्यान केन्द्र र भवन सहकारीलाई हस्तान्तरण गरे । गाउँपालिकाको योजना अनुसार सहयोग गर्न साझेदार संस्थालाई समेत अध्यक्ष पोखरेलले आग्रह गरे । गाउँपालिका सबै क्षेत्रको विकासमा समानुपातिक तरिकाले लागेको उनले जानाकारी दिए । “तामाकोशी गाँउपालिका बिकासको मोडल भिन्न तरिकाले गर्ने मान्यता राख्छ” पोखरेलले भने । त्यसैगरी उनले गाँउपालिका आफ्नै नयाँ स्रोत खोजी लागेको उनले बताए । आफु तामाकोशी गाँउपालिकाको समृद्धी सधै लान्ने पोखरेलको भनाई छ ।
दुध सजिलै गाउँमै बिक्री हुन थालेपछि किसानहरु व्यवसायिक पशुपालनमा समेत लागेको छन् । ग्रामीण उद्यम विकास केन्द्रका अध्यक्ष जगदीश शिवाकोटीले किसानहरुको आयआर्जनका लागि हावा, च्यामा क्षेत्रमा २ पटक ७५ वटा उन्नत जातका गाई समेत वितरण गरेको बताए ।
मर्सिकोरका कार्यक्रम व्यवस्थापक गणेश विष्टले तामाकोसी गाउँपालिका र मेलुङका सहकारीहरुको सशक्तिकरण र किसानहरुको आयआर्जनमा सहयोग गरेको बताए । वित्तीय साक्षरता सञ्चालन गरेको बताए । दोलखा जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाईले वित्तीय साक्षरता मार्फत सहकारीहरुको सशक्तिकरणमा सहयोग पुगेको बताए ।

Shares

Be the first to comment on "च्यामाका किसान व्यबसायीक बन्दै, दैनिक ३ सय लिटर दुध चरिकोटमा"

Leave a comment

Your email address will not be published.


*