च्छोरोल्पा जनरल अस्पताल र हेल्थ पार्टनरशीप विच सहकार्य

चरिकोट(दीस) ः च्छो–रोल्पा जनरल अस्पताल प्रा.लि चरिकोट दोलखा र वेलायती संस्था हेल्थ पार्टनरशीप नेपालवीच सहकार्य गर्ने सम्झौता भएको छ । अस्पतालको तर्फबाट मेडिकल डाईरेक्टर डाक्टर विनोद दंगाल र हेल्थ पार्टनरशीप नेपालको तर्फबाट वाल शल्य चिकित्सक डाक्टर शवनम, डाक्टर जाहिद सहित शल्यक्रिया विशेषज्ञ डाक्टर अर्चना केसीले सहकार्य गर्ने सम्झौता भएको हो ।
सम्झौतामा वेलायती संस्था हेल्थ पार्टनरशीप नेपालले च्छो(रोल्पा अस्पतालबाट विभिन्न प्रकारको विशेषज्ञ शल्यक्रिया सेवा प्रदान गर्ने,अस्पतालमा कार्यरत जनशक्तिको क्षमता अभिबृद्धि गर्नको लागि निरन्तर मेडिकल शिक्षा दिनुका साथै शल्यक्रिया सम्वन्धि उपकरण प्रदान गर्ने सहमति भएको अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर विनोद दंगालले जानकारी दिनुभयो । सन् २००८ देखि स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको वेलायती संस्था हेल्थ पार्टनरशीप नेपालसँगको सहकार्यकालागि डा.दंगालले सन् २०१८ देखि समन्वय गर्दै आउनु भएको छ । सम्झौता अनुसार २०७९ चैत्र ८ गते देखि १० गते सम्म अस्पतालमा वाल शल्यक्रिया सेवा सञ्चालन गरिने भएको छ । शिविरमा न्यून शुल्क सहित १६ वर्ष भन्दा मुनिका वालवालिकाहरुमा भएको हर्निया,हाड्रोशिल,फाइमोसिस,पोलेको,अण्डा नखसेको लगायत समस्याका शल्यक्रिया हुने अस्पतालल जनाएको छ ।

Shares

Be the first to comment on "च्छोरोल्पा जनरल अस्पताल र हेल्थ पार्टनरशीप विच सहकार्य"

Leave a comment

Your email address will not be published.


*